धनगढी, २२ माघ / पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैतडी बस दुर्घटनाका घाइतेहरूको तत्काल उद्धार गरी आवश्यकता अनुसारको उपचारको प्रवन्ध गर्न सरकार संग माग गरेका छन् ।
आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत देउवाले बैतडीमा भएको बस र्दुघटनामा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त समेत गरेका छन् ।
उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा ‘बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस स्थानिय बडुगाउँमा दुर्घटनाग्रस्त भएको खवरले निकै दुखी भएको छु । साथै घाइतेहरूको तत्काल उद्धार गरी आवश्यकता अनुसारको उपचारको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु भएका आठ जनाको सनाखत भएको छ । मृतक बैतडी र बझाङका रहेका छन् । जस मध्ये सात पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा १८ जना महिला र २७ जना पुरुष गरि जम्मा ४५ जनालाई उद्धार गरी घाईतेहरुलाई उपचारको लागि स्वास्थ्य चौकी कोटिलाको लागि पठाईएको बताईएको छ ।