• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मत माग्नेसँग बसोबासको माग गर्दै आरक्षपीडित

कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितले मत नखसाल्ने मनसाय बनाएका छन् । झन्डै चार सय परिवारका आठ सयभन्दा बढी निकुञ्ज विस्थापितले आंशिक मागसमेत पूरा नगरिए उम्मेदवारलाई मत नखसाल्ने बताएका हुन् ।

अस्थायी टहरा बनाएर महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक भूमिमा बसोबास गर्दै आउनुभएका आरक्ष पीडित अस्थायी शिविर बसोबासका लागि कागज बनाइदिन आग्रह गर्दै आएका छन् ।  नियमित रूपमा दलका प्रतिनिधि तथा उम्मेदवारसँघ भेटघाट गर्दै अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउन आग्रह गरिरहेको निकुञ्ज पीडित बताउँछन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका संयोजक जयबहादुर रोकायाले आगामी प्रतिनिधि सभा निर्वाचनपूर्व नै आफूहरूको अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग भेटघाट गर्दै छलफल गर्दै आएको बताउनुभयो । हाल बसोबास गर्दै आएको जडीबुटीको जमिनमा खानेपानी, शौचालयलगायतका आधारभूत आवश्यकतासमेत पूर्ति गर्न समस्या भएपछि आगामी निर्वाचनपूर्व नै अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।

कृष्णपुर नगरपालिका–१ स्थित जयशङ्कर सामुदायिक वन कञ्जकलीमा अस्थायी शिविर बसोबासका लागि प्रशासनबाट कागज बनाई माग्न अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका आयोगले प्रस्तावित गरेका स्थानमा पुगाउनुपर्ने आफूहरूको माग हो । पुगाउन नसकेमा मत नखसाल्ने र निर्वाचन पनि बहिष्कार गर्ने मनसाय बनाएका छौँ ।”

आरक्षपीडित शेरबहादुर चुनाराले निर्वाचन क्षेत्र–२ मा आफूले विगतका निर्वाचनमा मत खसाल्दै आएको बताउनुभयो । विगतका झुटा आश्वासन मात्रै दिलाएका सांसदका कारण हाल कुनै व्यवस्था नमिलाइँदा यस जडीबुटीको जमिनमा कष्टकर जीवनयापन गर्नु परेको उहाँले गुनासो गर्नुभयो । आगामी निर्वाचनमा भने आफूहरूको अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउने तथा निर्वाचित भएपछि जमिन उपलब्ध गराउने उम्मेदवारलाई मात्रै मत खसाल्ने उहाँले बताउनुभयो ।

बुधबार, माघ २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.