• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्वाचन सुरक्षामा सुदूरपश्चिमका चार जिल्ला ‘संवेदनशील’

धनगढी: सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा भएका निर्वाचनको समयमा भएका घटनालाई अध्ययन विश्लेषण गरेर यी चार जिल्लालाई संवेदनशीलको सूचीमा राखी सोही बमोजिकको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको जानकारी दिए।

उनले भने, विगतका निर्वाचनका बेला भएका अवाञ्छित घटनालाई अध्ययन गरेर यी चार जिल्लालाई संवेदनशील जिल्ला देखिएको विश्लेषण गरेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेका छौं, निर्वाचन बिथोल्न सक्ने तत्वलाई निगरानीमा राखेर सुरक्षाको आवश्यक तयारी पनि गरिरहेका छौ‌ं । हिमाली भेग र भौगोलिक रुपमा विकट क्षेत्रका मतदानस्थलबाट मतपेटिका सदरमुकामसम्म ढुवानी गर्नका लागि हेलिकप्टरको व्यवस्थापन गर्न लागिएको छ । निर्वाचनको दिन हिमाली क्षेत्रमा हुनसक्ने हिमपातको जोखिमलाई मध्यनजर गरेर सम्बन्धित क्षेत्रका मतदाताले मतदान गर्न पाउने व्यवस्थाको विकल्प सोच्ने बारेमा पनि तयारी भइरहेको छ ।

दार्चुलाको उत्तरी क्षेत्र टिंकर र छाङरुका बासिन्दा हिउँदेयाममा गाउँ छाडेर सदरमुकाम नजिकको टिंकरखेडा भन्ने ठाउँमा बस्ने भएकाले उनीहरुका लागि सदरमुकाममै मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको छ । बाजुराको हिमाली भोगका तीन पालिकाका कतिपय परिवार हिँउदयाममा घरमा पालिएका चौपायासहित विभिन्न जिल्लामा बसाइँसराइ गर्ने गरेकाले उनीहरु निर्वाचनको दिनसम्म गाउँमा फर्किने वा नफर्किने भन्नेमा यकिन हुन सकेको छैन । प्रहरी प्रवक्ता विष्टले भने, जाडोयाममा केही महिनाका लागि अन्य जिल्लामा पुगेर बस्नेहरु समान्यतया चैतमा मात्रै गाउँ फर्किने गरेको देखिन्छ, यस्तो अवस्थामा मतदानको दिनसम्म गाउँ नफर्किएमा उनीहरुलाई मतदान गर्न पाउने व्यवस्था कसरी गर्ने भन्नेमा छलफल चलिरहेको छ ।

निर्वाचनको सुरक्षा व्यवस्थापनलाई चुस्त एवं सुदृढ पार्न सवारीसाधन नभएका प्रहरी कार्यालयमा सवारीसाधनसहितको व्यवस्था गर्न लागिएको छ । निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा व्यवस्थापनका अतिरिक्त बाजुरा, अछाम र डोटीलाई हेर्ने गरी वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गर्ने तयारी छ । यस्तै वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा दार्चुला, बैतडी र कञ्चनपुरका लागि छुट्टै तथा बझाङ, कैलाली र डडेलधुराका लागि छुट्टै टोली पनि परिचालन गर्ने तयारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभरि सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी परिचालन गर्न लागिएको छ । यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ–आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेका छन् ।

निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका ३०२ मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ । प्रदेशका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन् । विसं २०७८ को जनगणनाअनुसार प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ छ । कुल मतदाता १७ लाख १६ हजार ६६० छन् ।

थपिएका मतदातासहित कैलालीमा सबैभन्दा बढी पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ र अछाममा एक लाख ६५ हजार ३३७ मतदाता पुगेका छन् । प्रतिनिधिसभाका कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई निर्वाचन क्षेत्र छन् । एक निर्वाचन क्षेत्र रहेको डडेलधुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरमा ८७ हजार ८६१ मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

तीन वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस आठ, तत्कालीन नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा एमाले दुई, तत्कालीन नेकपा ९एकीकृत समाजवादी० तीन निर्वाचन क्षेत्रमा विजयी भएको थियो । जेनजी आन्दोलनपछिको नयाँ राजनैतिक परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन विसंं २०८२ फागुन २१ गते हुन लागेको हो।

बुधबार, माघ २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.