कैलाली /आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं। ५ मा उम्मेदवार बनेका नरनारायण शाहले आज आफ्नो कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार नगर्ने, जनताको सेवा गर्ने र क्षेत्रको समग्र विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनी संसदमा सामाजिक न्याय, आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै प्रभावकारी भूमिका निर्वाह गर्ने र संविधान, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता संरक्षण गर्ने लक्ष्यसहित अघि बढ्ने बताएका छन्।
उम्मेदवार शाहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी, पर्यावरण, लैंगिक समानता, सामाजिक न्याय तथा सांस्कृतिक विकासमा आफ्नो प्राथमिकता रहने बताए। यसैगरी धनगढीलाई उन्नत र समृद्ध शहरमा परिणत गर्ने तथा ग्रामीण वस्तीलाई सहर उन्मुख वस्तीको रूपमा विकास गर्ने योजना प्रस्तुत गरेका छन्।