कञ्चनपुर /कञ्चनपुरमा लागू औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन ।
लागूऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–९ स्थित जानकी सामुदायिक वनबाट स्थानीय २५ वर्षीय प्रदीप राना र २४ वर्षीय शिवराम राना पक्राउ परेका हुन ।
उनीहरूको साथबाट २ दशमलव ५० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
