• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुनावको मुखमा बीना मगर विरुद्ध भ्रामक आरोप, पार्टीद्वारा ध्यानाकर्षण

कञ्चनपुर, १७ माघ / कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बीना मगरविरुद्ध विदेशबाट नियोजित रूपमा झुटा र भ्रामक प्रचारबाजी भइरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनाएको छ।

नेकपाका अनुसार चुनावी अभियानका क्रममा क्षेत्रका मतदाताहरू उम्मेदवार मगरप्रति आकर्षित भइरहेका बेला विपक्षी दल तथा समूहले विदेशमा बस्ने केही व्यक्तिहरूलाई प्रयोग गरी सामाजिक सञ्जालमार्फत दुष्प्रचार फैलाइरहेका छन्।

नेकपा निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेकपा मिन गुरुङ’ नामक फेसबुक अकाउन्टमार्फत उम्मेदवारविरुद्ध तथ्यहीन आरोप लगाइएको भिडियो केही सञ्चारमाध्यमका सामाजिक सञ्जाल पेजहरूबाट शेयर भएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

विज्ञप्तिमा जेनजी विद्रोहपछि आउँदो २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन गइरहेको उल्लेख गर्दै देशभर चुनावी वातावरण बनेको र लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू प्रतिस्पर्धामा रहेको जनाइएको छ। यही सन्दर्भमा नेकपाले महिला नेतृ बीना मगरलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको जानकारी आम नागरिकलाई पहिल्यै रहेको विज्ञप्तिमा उल्लेख छ।

“हाम्रा उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी मैदानमा सक्रिय भइरहेका बेला सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध झुटा र आधारहीन आरोप लगाइएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।

बीना मगरको नाम जोड्दै बेल्जियममा ‘पाँचवटा रेष्टुरेन्ट रहेको’ भन्ने जस्ता आरोप पूर्ण रूपमा कपोकल्पित, मिथ्या र प्रायोजित दुष्प्रचार भएको नेकपाको दाबी छ। पार्टीका अनुसार उम्मेदवारको पक्षमा जनलहर बढ्दै गएपछि अत्तालिएका स्वदेशी प्रतिगामी तत्वहरूले विदेशमा रहेका नेपालीलाई उक्साएर हुँदै नभएका भ्रम फैलाइरहेका छन्।

विज्ञप्तिमा कुनै प्रमाण, तथ्य वा आधारबिना यस्ता आरोपलाई केही नेपाली सञ्चारमाध्यमले सप्रेषण गर्नुले समग्र सञ्चार जगतको विश्वसनीयता र गरिमामाथि प्रश्न उठ्ने पनि उल्लेख गरिएको छ।

नेकपा कञ्चनपुर क्षेत्र नम्बर १ का संयोजक देवीलाल चौधरीद्वारा जारी विज्ञप्तिमा चुनावको मुखमा षड्यन्त्रमूलक ढंगले चरित्र हत्या गर्ने, बदनाम गर्ने र मानमर्दन गर्ने गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ। अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिइएको छ।

साथै पार्टी र उम्मेदवारविरुद्ध फैलाइएका भ्रम तथा दुष्प्रचारमा विश्वास नगर्न कञ्चनपुर क्षेत्र नम्बर १ का आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेकपाले अनुरोध गरेको छ।

विज्ञप्तिमा २०७४ सालमा निर्वाचित भई खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेकी बीना मगर त्यसअघि र त्यसपछि पनि जनताको सेवामा निरन्तर खटिँदै आएको दाबी गरिएको छ।

शनिबार, माघ १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.