• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरामा शान्तिपुर्ण चुनाव गराउन थुप्रै चुनौती

धनगढी, १६ माघ / धाँधली, बुथ कब्जा, कुटपिट र हत्यासम्मका घटनाले बाजुराको निर्वाचन प्रक्रिया कलंकित हुँदै आएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई जना युवाको मृत्यु भयो । झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतदाता लखेटिएका, सुरक्षाकर्मीद्वारा दर्जनौं मतदानस्थलमा दिनभर हवाई फायरलगायतका घटना भएर मतदानका दिन बाजुरा दिनभर अशान्त र तनावग्रस्त भएको थियो। त्यसक्रममा २४ मतदान केन्द्र कब्जा भएको प्रमुख दलहरुकै दाबी थियो ।

त्यसबेला मतदानका दिन प्रहरीको गोली लागेर त्रिवेणी नगरपालिका ६ मतदानस्थलमा प्रहरीको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यसै राति सोही नगरपालिका ७ का एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका चेतन अयडीलाई स्थानीयले कुटपिट गरी हत्या गरे । बुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि पिपलचौरको मतदान स्थगित भएर पुनः मतदान भएको थियो । जिल्लाका २४ मतदान केन्द्र कब्जा गरिएको भन्दै कांग्रेस–एमालेले आरोपप्रत्यारोप गरे । कांग्रेसले ८ र एमालेले १६ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी गरे । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा छानबिनका लागि तीन सदस्यीय टोली नै गठन गरेको थियो । मतगणना सुरु हुन १४ दिन लाग्यो ।

०७९ को स्थानीय निर्वाचनका क्रममा पनि बाजुराका विभिन्न मतदान केन्द्रहरु तनावग्रस्त रहे । बुढीगंगा नगरपालिकाका अधिकांश मतदान केन्द्रहरुमा धाँधली भएपछि पुनः मतदान गराइएको थियो । ०७४ को स्थानीय निर्वाचनमा बाजुरा सबैभन्दा बढी मत खसेको जिल्ला हो । बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रहरुमा ९९ प्रतिशत भन्दा बढी मतदान भएको थियो । जिल्लाका अन्य कतिपय मतदान केन्द्रमा पनि सोही हाराहारीमा मतदान भएको तथ्यांक छ । ०७४ कै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बाजुरामा ८० प्रतिशत मतदान भएको थियो ।

०७९, ०७४ का निर्वाचन मात्र होइन, त्यसअघिका अधिकांश निर्वाचनमा पनि धाँधली र झडपका घटना हुँदै आएका छन् । ०५४ को स्थानीय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक जना बालकसहित दुई जनाको मृत्यु भएको थियो । आसन्न निर्वाचनमा पनि बाजुरामा स्वतन्त्र र निष्पक्ष निर्वाचनकै चुनौती रहेको धेरैको बुझाई छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख इकवाल हवारीका अनुसार जिल्लाका ७७ मतदानस्थलमध्ये तीन वटालाई मात्र सामान्यमा राखिएको छ । ६२ अति संवदेनशील, १२ संवदनशील सूचीमा राखिएको छ ।

हरेक निर्वाचन अशान्त हुने बाजुरामा आसन्न निर्वाचनका उम्मेदवारहरुले मनोनयन दर्ता गरेको तेस्रो दिनमै पत्रकार महासंघ बाजुराको अग्रसरतामा आसन्न निर्वाचन शान्तिपूर्ण गर्न भूमिका निर्वाह गर्ने भन्दै ९ बुँदे लिखित प्रतिवद्धता गरेका छन् । आसन्न निर्वाचनको प्रतिस्पर्धामा बाजुरामा आठ जना छन् । कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश शाह, रास्वपाबाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा माओवादीबाट भुपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्रबाट उपेन्द्र शाही चुनावी मैदानमा छन् ।

शान्तिपूर्ण निर्वाचनका लागि भूमिका निर्वाह गर्न उनीहरु आठै जनाले साझा प्रतिवद्धता गरेका हुन् । ‘मतदान प्रक्रियालाई स्वतन्त्र, शान्तिपूर्ण, पारदर्शी बनाउनका प्रतिवद्ध छौं,’ हस्ताक्षरित प्रतिवद्धतापत्रमा भनिएको छ । ‘निर्वाचनको प्रचारप्रसारदेखि मतदानसम्मका हरेक क्रियाकलाप सौहार्दपूर्ण, मर्यादित, एक–अर्को राजनीतिक दल र उम्मेदवारप्रति सम्मान, आचार संहिताको अक्षरशः पालनालगायतका प्रतिवद्धता गराएका छौं,’ पत्रकार महासंघ बाजुराका अध्यक्ष पदमबहादुर सिंहले भने ‘विगतका निर्वाचनले बाजुराको छवि धुमिल छ । आगामी निर्वाचन स्वच्छ र शान्तिपूर्ण होस् भन्ने जिल्लावासीको चाहना हो ।’

विगतको समीक्षा गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी प्रमुख इकवाल हवारी बताउँछन् । ‘सुरक्षा योजना त माथिबाटै तय भएर आएको हुन्छ,’ उनले भने ‘शान्तिपूर्ण निर्वाचन गराउन जिल्ला तहमा पनि हामी गम्भीरताका साथ जुटेका छौं ।’कान्तिपुरबाट

 

शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.