धनगढी, १४ माघ / धनगढी जुनियर जेसीजको सन् २०२६ का लागि अध्यक्ष पदमा कृष्ण पुजारा चयन भएका छन्। संगठनभित्र विभिन्न चरण पार गर्दै निरन्तर सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएका पुजारा सन् २०२२ मा साधारण सदस्यका रूपमा धनगढी जुनियर जेसीजमा आबद्ध भएका थिए।
संगठनप्रतिको समर्पण र जिम्मेवारीबोधका कारण उनले सन् २०२३ मा कोषवृद्धि संयोजक, २०२४ मा उपाध्यक्ष तथा २०२५ मा महासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सफल हुनुभयो। यी सबै भूमिकामा रहँदै उनले संगठनलाई सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएको नेतृत्वको मूल्यांकनस्वरूप सन् २०२६ का लागि अध्यक्ष पदको जिम्मेवारी उनलाई सुम्पिएको हो।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै उनले युवाहरूलाई नेतृत्व विकास, सेवा भाव र सकारात्मक सोचतर्फ प्रेरित गर्दै आएका छन्।
नव-निर्वाचित अध्यक्ष पुजाराले आगामी कार्यकालमा समाजमुखी, प्रभावकारी र दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्दै धनगढी जुनियर जेसीजलाई अझ सक्रिय, उत्तरदायी र उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त छ।
यसैगरी, धनगढी जुनियर जेसीजको कार्यकारिणी उपाध्यक्षमा योगेन्द्र चन्द र दिपा चन्द चयन हुनुभएको छ। उपाध्यक्ष पदमा राम रोकाया, ममता तोलाङ्गी, लक्ष्मण उपाध्याय तथा सिर्जना विश्वकर्मा रहनुभएको छ। महासचिवमा पदम साउद, कानुनी सल्लाहकारमा सन्ध्या सिंह स्नेही तथा कोषाध्यक्षमा अनिश जोशी चयन हुनुभएको छ।
नयाँ नेतृत्व टिमसँगै धनगढी जुनियर जेसीजले सामाजिक रूपान्तरण र युवाको नेतृत्व विकासमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।