• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वैदेशिक रोजगारीबाट फर्किएकाहरु सँग पुनर्वासमा अभिमुखीकरण कार्यक्रम

कञ्चनपुर, १४ माघ / कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा रोजगार सेवा केन्द्रद्वारा स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पुनर्वास नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भुलिया कुमारी राना को प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा पुनर्वास नगरपालिकाका ११ वटै वडाबाट वैदेशिक रोजगारीबाट फर्किएका प्रत्येक वडाका ४/४ जनालाई सहाभागित गराईएको थियो।

कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रिया गर्दै वैदेशिक रोजगारीमा जाने क्रममा भोग्नुपरेका कठिनाइ, विदेशमा काम गर्दा आइपरेका समस्या तथा स्वदेश फर्किएपछि पुनःस्थापित हुन सामना गर्नुपरेका चुनौतीहरूबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभव साझा गर्दै नीति तथा कार्यक्रमहरू व्यावहारिक र परिणाममुखी हुनुपर्ने सुझाव दिएका थिए। उनीहरूले सीपअनुसारको रोजगारी, सहुलियतपूर्ण कर्जा तथा लक्षित कार्यक्रमको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका अधिकृत तथा योजना शाखा प्रमुख शंकर बोगटीले संघीय सरकारको वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुनर्स्थापना तथा सीप उपयोगसम्बन्धी नीति र सुदूरपश्चिम प्रदेश सरकारको रोजगार तथा उद्यमशीलता प्रवर्द्धन कार्ययोजनासँग तालमेल मिलाउँदै आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले सीपअनुसारको रोजगारी, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकासलाई नगरपालिकाले प्राथमिकतामा राखि स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख रानाले संघीय संरचना अनुरूप स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको पुनर्स्थापनाका लागि नीतिगत तथा कार्यक्रमगत पहललाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। उहाँले प्रदेश र संघीय सरकारसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम र उद्यम विकासका कार्यक्रम स्थानीय तहमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका समस्याप्रति नगरपालिका संवेदनशील रहेको र उनीहरूको पुनर्स्थापनाका लागि आवश्यक पहल गरिने स्पष्ट पार्नुभयो।

यसै अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सञ्जाल गठन गरिएको छ। पुनर्वास नगरपालिका वडा नं. ४ निवासी सोमप्रसाद पुडासैनीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा पुनर्वास वडा नं. ३ निवासी तारा तामाङ, सचिवमा वडा नं. ८ निवासी सुरज सुनार र कोषाध्यक्षमा पुनर्वास नगरपालिका वडा नं. ११ निवासी तारानाथ न्यौपाने चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा पुनर्वास नगरपालिका वडा नं. १ निवासी राजेश राना, वडा नं. ७ निवासी वीरबहादुर तामाङ र वडा नं. ५ निवासी तर्क रोकाया रहनुभएको छ।

कार्यक्रमलाई सामी कार्यक्रमका ईकाई प्रमुख बिष्णु अर्यालले सहजीकरण गर्नुभएको थियो भने पुनर्वास नगरपालिकाकी रोजगार संयोजक शुसीला देउबा र रोजगार सहायक लक्ष्मण भट्टले समेत सहजीकरणमा सहयोग पुर्‍याउनुभएको थियो।

नगरपालिकाले स्थानीय तहको रोजगार शाखाको समन्वय र सहकार्यमा गठन गरिएको यस सञ्जालमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको हकहित संरक्षण, पुनर्स्थापना तथा दिगो रोजगारी सिर्जनाका लागि नीतिगत समन्वय र कार्यान्वयनलाई प्रभावकारी बनाउने जनाएको छ।

बुधबार, माघ १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.