धनगढी, १३ माघ / नेपाली कांग्रेसले कैलाली- ४ प्रतिनिधि सभा निर्वाचनका लागि चुरे गाउँपालिका ने.बि.संघ गाउँपालिका संयोजकको जिम्मेवारी मनिष बोहरालाई दिएको छ। युवा विद्यार्थी नेताका रूपमा परिचित बोहरालाई नेबिसंघ परिचालनको कमान्ड सुम्पिएको हो।
क्षेत्रीय सभापति बसन्त रोकायाका अनुसार, उनी नेतृत्व गर्ने उपसमितिले नेबिसंघका सक्रिय सदस्यहरू परिचालन गर्नेछ। साथै नेविसंघ, महिला संघ, दलित संघ लगायतका समूहलाई पनि निर्वाचन लक्षित गतिविधिमा समावेश गरिनेछ।
कैलाली-४ मा फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय छ। यसका लागि नेपाली कांग्रेसले गोरख बहादुर विष्ट (आनन्द)लाई उम्मेदवार चयन गरेको छ। क्षेत्रीय स्तरमा युवा र सामाजिक संगठनसँग समन्वय गर्दै सक्रिय अभियान सञ्चालन गरिने बताइएको छ।