• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली-५ मा काँग्रेस उम्मेदवार नरनारायण शाहद्वारा वडा–वडामा सम्पर्क कार्यालय स्थापना

धनगढी,  ११ माघ /  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली काँग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

आइतबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकै चरणमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा नागरिकको उपस्थितिमा रिवन काटेर कार्यालय उद्घाटन गरिएको जनाइएको छ । स्थापना गरिएका सम्पर्क कार्यालयलाई निर्वाचन अवधिभर जनताको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ ।

सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउनु सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको बताए । उनले चुनावी प्रतिस्पर्धाका नाममा आरोप–प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्न आग्रह गरे । ‘निर्वाचनमा सबैले आचारसंहिता पालना गर्नुपर्छ । सभ्य तरिकाले प्रतिस्पर्धा गरौँ, समाजलाई विभाजन गर्ने खालका गतिविधि नगरी सकारात्मक एजेन्डाका साथ जनतामाझ जाऔँ,’ उनले भने ।

शाहले अरूको आलोचना गर्नुभन्दा आफ्नै दल, संगठन र व्यवहार सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अरुको आलोचना नगरौँ । आफ्नो व्यवहारलाई सभ्य र अनुशासित बनाऔँ । सबै पार्टीलाई बलियो बनाउन लागौँ । यसले नै लोकतन्त्रलाई मजबुत बनाउँछ ।’ उनका अनुसार स्वस्थ प्रतिस्पर्धाले मात्रै राजनीतिक संस्कार सुधार हुन्छ र जनताको विश्वास जित्न सकिन्छ ।

उम्मेदवार शाहले सम्पर्क कार्यालयमार्फत स्थानीय तहका समस्या नजिकबाट बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र निर्वाचन घोषणापत्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । ‘जनताका दैनिकीसँग जोडिएका मुद्दा समाधान नगरी राजनीति सफल हुन सक्दैन । त्यसैले म जनताको घरदैलोमा पुगेर उनीहरूको आवाज सुन्न चाहन्छु,’ उनले स्पष्ट पारे ।

स्थानीय काँग्रेस कार्यकर्ताले पनि सम्पर्क कार्यालय स्थापना भएपछि प्रचार–प्रसारमा थप ऊर्जा मिलेको बताएका छन् । उनीहरूका अनुसार वडा–वडामा कार्यालय हुँदा पार्टीका गतिविधि समन्वय गर्न, मतदातासँग नियमित सम्पर्क राख्न र चुनावी सन्देश प्रवाह गर्न सहज हुनेछ । स्थानीय बासिन्दाले पनि आफ्ना समस्या, गुनासा र सुझाव राख्न सहज वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँ विभिन्न दलबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा शाहले अन्य वडामा पनि सम्पर्क कार्यालय विस्तार गर्ने तयारी रहेको जनाइएको छ । उनले लोकतान्त्रिक मूल्य–मान्यता, आपसी सम्मान र जनसेवाको भावनाका साथ निर्वाचनमा होमिन सबैलाई आग्रह गरेका छन् ।

सोमबार, माघ १२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.