धनगढी, ११ माघ / धनगढी उपमहानगरपालिका –२ स्थित स्टेपिङ स्टोन इङ्लिस स्कुलको ३४ औँ वार्षिक उत्सव समारोह आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज ओझाको अध्यक्षतामा सम्पन्न समारोहमा सामाजिक विकास मन्त्रालयका प्रमुख सचिव हेमराज रेग्मी प्रमुख अतिथि रहनु भएको थियो।
समारोहमा प्राध्यापक डा. हेमराज पन्त विशिष्ट अतिथिका रहेका थिए भने , विभिन्न राजनीतिक एवं प्राज्ञिक व्यक्तित्वहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिक उत्सवको अवसरमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई विद्यालयले सम्मान गरेको छ।
त्यसैगरी, शैक्षिक सत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी हौसला प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक तथा संस्थापक रामजी हमालका अनुसार वार्षिक उत्सव समारोहमा शिक्षा प्रेमी, सरोकारवाला, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै व्यवहारिकतामा आधारित शिक्षालाई प्राथमिकता दिँदै आएको बताए।
बार्षिक उत्सव समारोहलाई सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरूको प्रस्तुति तथा प्रेरणादायी मन्तव्यहरूले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।