धनगढी, १० माघ / विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश तथा धनगढी उपमहानगर समितिको आयोजनामा धर्मरक्षा निधि समर्पण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कार्यक्रम सुदूरपश्चिमाञ्चल साहित्य समाज तथा पतञ्जली योग समितिको हल, धनगढी कैलालीमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष महेन्द्रराज पन्तले गरेका थिए ।
कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लादकुमार रेग्मी, काव्यकार तथा ज्योतिष मनिराज जोशी, सुप क्याम्पसका पूर्व क्याम्पस प्रमुख कटकबहादुर जप्रेल तथा मन्तव्य व्यक्त गरेका थिए।
विश्व हिन्दू परिषद्ले वर्षभरि सञ्चालन गर्ने धार्मिक, सांस्कृतिक तथा संगठनात्मक गतिविधिका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले प्रत्येक वर्ष माघ महिनामा एकपटक धर्मरक्षा निधि समर्पण कार्यक्रम आयोजना गर्दै आएको प्रदेश अध्यक्ष पन्तले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पालिकाहरूमा पनि विश्व हिन्दू परिषद् विस्तार हुँदै गएको छ।
परिषद्ले धार्मिक चेतनाका विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको उनको भनाइ छ। उक्त धर्मरक्षा निधि समर्पण कार्यक्रममा करिब डेढ सय जति हिन्दू धर्मप्रति आस्था राख्नेहरूको सहभागिता रहेको थियो।