धनगढी, ६ माघ / नेपाली काग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलाएरले पार्टीले दिएको टिकट अस्वीकार गरेपछि गोरखबहादुर बिष्ट (आनन्द)ले उम्मेदबारी दर्ता गराएका छन् । कैलाली क्षेत्र नम्बर -४ नेपाली काँगे्रस सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलाएरले पार्टीले दिएको टिकट दिएको थियो । बलाएरले अस्विकार गरेपछि अन्तिम समयमा बिष्टले टिकट पाएपछि बारेस मार्फत उम्मेदबारी दर्ता गराएका छन् । तरुण दलका तेज खड्काले बिष्टको उम्मेदबारी बारेसनामा लिएर दर्ता गराएका छन् ।
पार्टीले नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलाएरको टिकट आएपछि उनले टिकट अस्वीकार गरेपछि पार्टीले अर्को उम्मेदबारको खोजि गरेको थियो । आज मनोनयन दर्ताको कार्यतालिका रहेको भए पनि कांग्रेसले उम्मेदवारको टुंगो गर्न ढिलाइ गरेपछि कैलाली-४ का कांग्रेस कार्यकर्ता अन्योलमा परेका थिए ।
त्यसपछि लोकराज पाण्डेय र दिनेश जोशीलाई टिकट दिने चर्चा चलेपनि अन्त्यमा नेपाल अमेरीका जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहेका गोरखबहादुर बिष्ट(आनन्द)ले टिकट पाएका छन् । काठमाण्डौ रहेका बिष्ट कैलाली आउन नभ्याएपनि बारेस मार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ४मा उम्मेद्बारी दर्ता गराएको बिष्टले बताएका छन् ।