धनगढी, ६ माघ / नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराएका छन् । शाह कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको महामन्त्री तथा कांग्रेस कैलालीका पूर्वसभापति हुन् ।
कांग्रेस क्षेत्रीय समितिले यो क्षेत्रबाट उम्मेदवारका लागि नेतृ आरजु राणासहित चारजनाको नाम सिफारिस गरेको थियो । तर, आरजुले टिकट पाइनन् ।
अन्य पार्टीका उम्मेद्वारले पनि उम्मेदवारी दर्ता गराएका छन्। कैलाली ५ मा दुई स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएका छन्।