धनगढी, ६ माघ / प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५, कैलालीमा उम्मेदवार मनोनयन दर्ता प्रक्रिया व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका लागि दलगत समयतालिका सार्वजनिक गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मिति २०८२/१०/०६ गते उम्मेदवार मनोनयन दर्ता गरिनेछ। कार्यालयले सुरक्षा संवेदनशीलता, भीड नियन्त्रण तथा व्यवस्थापनलाई मध्यनजर गर्दै दलगत रूपमा फरक-फरक समयमा मनोनयन दर्ता गरिने व्यवस्था मिलाएको छ।
सूचनाअनुसार बिहान १०:३० बजेदेखि दिउँसो १२:०० बजेसम्म स्वतन्त्र उम्मेदवार तथा अन्य दलका उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। त्यसपछि क्रमशः नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त) र नेकपा (एमाले) का उम्मेदवारहरूको मनोनयन दर्ता तोकिएको समयअनुसार गरिनेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता कार्य शान्तिपूर्ण, पारदर्शी र व्यवस्थित बनाउन सार्वजनिक गरिएको समयतालिकाको कडाइका साथ पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेको छ।
सहायक निर्वाचन अधिकृत चेतराज पन्तको हस्ताक्षरित सूचनामा मनोनयनको समय साँझ ५ बजेसम्म रहेको छ।
यस्तो छ तालिका :-

