धनगढी, ५ माघ / नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे टिकट पाएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यानका) अध्यक्षसमेत रहेका चन्दले कैलालीकाे धनगढीमा आयाेजित बैतडी कैलाली सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बाेल्दै आफुले बैतडीबाट टिकट पाएकाे बताएका हुन् ।
फागन २१ गते हुने प्रतिनिधि सभा निवार्चनकाे लागि भाेली उम्मेदवारी दर्ताकाे कार्यतालिका रहेकाे छ । टिकट पाएका चन्दले आजै बैतडी पुगेर भाेलीकाे उम्मेदवारी दर्ताकाे तयारीमा जुटेकाे बताए