धनगढी, ५ माघ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली-५ बाट आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ। रास्वपाका अनुसार चन्द काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका निकटस्थ व्यक्तिका रूपमा परिचित छन्।
बैतडीमा जन्मिएका चन्दको परिवार हाल धनगढी उपमहानगरपालिका-८ मा बसोबास गर्दै आएको छ। प्राध्यापन पेशामा संलग्न चन्दले जैविक रसायनशास्त्र विषयमा हालै विद्यावारिधि (पीएचडी) पूरा गरेका छन्।
रास्वपाले शिक्षित र पेशागत रूपमा सक्षम उम्मेदवारलाई अघि सार्दै परिवर्तनको राजनीतिलाई सुदृढ बनाउने उद्देश्य लिएको जनाएको छ।