धनगढी, ४ माघ / कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-०३ मिलनचोकस्थित भित्री सडक खण्डबाट हिजो साँझ करिब ६ बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा अन्दाजी मूल्य रु ५२ हजार बराबरका बिडी, साडी लगायतका सामानहरू फेला पारी नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सोही दिन साँझ ६ बजेको समयमा जिल्ला कञ्चनपुरको भिमदत्त नगरपालिका – १० गज्जर क्षेत्रबाट पनि भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु २८ हजार ३ सय बराबरका विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले ती सामानहरू बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानहरू सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको र घटनाबारे थप आवश्यक कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।
उक्त सामानहरू भारतबाट भन्सार छलि गरी ल्याइएको प्रहरीले जनाएको छ।