• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकारको बजेट खर्च ६ महिना बित्दा १० प्रतिशतमात्र

धनगढी, ४ माघ /   चालु आर्थिक वर्षको ६ महिना बित्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट १० प्रतिशतमात्र खर्च भएको छ । यसमा पुँजीगत बजेट कार्यान्वयनको हिस्सा ५.०८ प्रतिशतमात्र छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३)का लागि ३३ अर्ब ४६ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट गत वर्षको तुलनामा करिब १ अर्ब ८४ करोड रुपैयाँले बढी हो ।

सरकारले यो रकम सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र कृषिजस्ता क्षेत्रमा खर्च गर्ने योजना बनाएको थियो । पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा उक्त बजेटबाट जम्मा ३ अर्ब ६६ करोड २१ लाख रुपैयाँमात्र खर्च भएको छ । कुल बजेटको १० दशमलव ९४ प्रतिशतमात्र ६ महिना अवधिमा कार्यान्वयन भएको हो । चालुतर्फ २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । पुल, सडक, खानेपानी, भवन निर्माण लगायत विकास योजनामा विनियोजित १९ अर्ब ८३ करोड रुपैयाँमध्ये अहिलेसम्म जम्मा १ अर्ब ७ करोड रुपैयाँमात्र खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बलदेव कपाडीका अनुसार नियमअनुसार आर्थिक वर्षको ६ महिना बित्दा कम्तीमा ४० देखि ५० प्रतिशत पुँजीगत खर्च भइसक्नुपर्ने हो । ‘पहिलो चौमासिकमा ठेक्कापट्टा लाग्ने र काम सुरु भई भुक्तानी हुने बेला हो यो, तर यहाँ ५ प्रतिशतमा चित्त बुझाउनुपर्ने अवस्था आयो । यो निकै कम हो,’ उनले भने । सरकारले बजेट भाषणमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागिमात्रै १५ अर्ब ४० करोड ३० लाख बजेट विनियोजन गरिएको छ । बझाङको साइपाल, बैतडीको सिगास र दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई बजेटमा प्राथमिकताका साथ राखिएको थियो । यद्यपि ५ प्रतिशत खर्चको तथ्यांकले यी दुर्गम ठाउँमा सडक पुर्‍याउने योजना औपचारिकतामा सीमित हुने संकेत देखिएको बझाङका गोवीन्द धामीले बताए ।

‘बजेट खर्च जहिल्यै पनि यस्तै हो । योजना आस लाग्ने बनाउने तर योजना अनुसार काम नगर्ने परिपाटी देखिन्छ,’ उनले भने । सामाजिक विकास मन्त्रालयतर्फ ७ अर्ब ७ करोड रुपैयाँ बजेट छ । बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेश तहको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य बजेटमा उल्लेख छ । अछामको बयालपाटा अस्पताललाई प्रदेश मातहत ल्याउने योजना कार्यान्वयनमा गए पनि बजेट खर्च नहुँदा यी अस्पतालको सेवा सुधारको पर्खाइमा रहेका सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

कृषि मन्त्रालयतर्फ ३ अर्ब ३० करोड बजेट छ । ‘एक स्थानीय तह दुई उत्पादन’, कृषि एम्बुलेन्स र पहाडी जिल्लामा जमिन बाँझो राख्ने प्रवृत्ति रोक्ने जस्ता आकर्षक नारा बजेटमा छन् । उद्योग तथा पर्यटनतर्फ खप्तड, बडिमालिका र रामारोशनमा केबुलकारको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । कार्यान्वयन पक्ष फितलो हुँदा यी सबै योजना कागजमै सीमित हुने डर बढेको छ । सरकारको यो सुस्त गतिप्रति प्रदेश सभाका प्रतिपक्षी दलहरूले आक्रोश पोखेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र (अहिले नेपाली कम्युनिस्ट पार्टी)का सांसद ओमविक्रम भाटले बजेट ल्याउँदा नै स्रोत सुनिश्चितता नभएको र हावाको भरमा ल्याउने प्रवृत्तिले अहिले कार्यान्वयनमा समस्या देखिएको बताए ।

यस्तै, नेकपा एकीकृत समाजवादी (अहिले नेपाली कम्युनिस्ट पार्टी)का सांसद एवं पूर्वआर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले बजेट वक्तव्य नै उत्साहजनक नदेखिएको भन्दै गतिलो बजेट नहुँदा कार्यान्वयनमा पनि समस्या देखिएको बताए । आर्थिक मामिला मन्त्रालयले यसअघि अनेक प्रशासनिक काममा बाधा हुँदा बजेट खर्च न्यून भएको जनाएको छ । सर्वसाधारण जनता भने अब असारे विकासको चिन्तामा छन् । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च दर बढाउन हतारमा जथाभावी योजना कार्यान्वयन गर्ने र हतारमा भुक्तानी गर्ने प्रवृत्ति कायम रहने उनीहरूको आशंका छ ।

आइतबार, माघ ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.