• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुला मालिकार्जुनमा शिवपुराण तथा धार्मिक महोत्सव-२०८२ हुँदै

धनगढी, ३ माघ / दार्चुला मालिकार्जुनमा शिवपुराण तथा धार्मिक महोत्सव-२०८२ हुने भएको छ । आज महोत्सव आयोजक समितिले धनगढीमा सरोकारवाला निकायहरूको सहभागितामा धार्मिक महोत्सवको तयारी अवस्था, व्यवस्थापन रणनीति तथा प्रचार-प्रसारका विषयमा विस्तृत छलफल गरेको हो ।

दार्चुला जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शैल्य मल्लिकार्जुन धाममा गौशाला निर्माण र अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त महोत्सव २०८२ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म मालिकार्जुन गाउँपालिका–३ मा सञ्चालन हुने भएको छ।

यसबारे जानकारी दिँदै श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाम शिवपुराण एवं धार्मिक महोत्सव सञ्चालन समितिका सह-संयोजक तथा आर्थिक विभाग संयोजक किशन सिंह सामन्तले कार्यक्रम धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताए।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै सामन्तले शिवपुराण जस्तो पवित्र धार्मिक अनुष्ठानले समाजमा धार्मिक चेतनाको विकास गर्नुका साथै दार्चुला जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान राष्ट्रियस्तरमा उजागर गर्ने विश्वास व्यक्त गरे। उनले महोत्सवलाई मर्यादित, अनुशासित र प्रभावकारी बनाउन सबै पक्षबीच आपसी समन्वय अपरिहार्य रहेकोमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले सुरक्षा व्यवस्था, यातायात व्यवस्थापन, आवास सुविधा, स्वयंसेवक परिचालन, स्थानीय सहभागिता र प्रभावकारी प्रचार-प्रसारका विषयमा आ-आफ्ना सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले महोत्सवलाई ऐतिहासिक बनाउने उद्देश्यले आफ्नो-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

अन्तर्क्रिया कार्यक्रममा धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आयोजक समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समितिले प्राप्त सुझावहरूलाई व्यवहारमा उतार्दै दार्चुलामा आयोजना हुने शिवपुराण एवं धार्मिक महोत्सव-२०८२ लाई भव्य, मर्यादित र सफल बनाइने प्रतिबद्धता जनाएको छ।

शनिबार, माघ ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.