• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नव युवा आन्दोलन : ‘पुराना दललाई सच्चिन बाध्य पार्ने राजनीतिक चेतना हो’

   ✍️धेरैलाई आफ्नो अधिकार माग्न पनि नव युवा आन्दोलनले नै सिकाएको हो। म यो कुरा ढुक्कसँग भन्न सक्छु। वर्षौँदेखि “सबै ठिकै छ”, “चलिरहेकै छ त” भन्ने मानसिकतामा राजनीति चलाइरहेका पुराना दलहरूलाई अब सच्चिनुपर्छ भन्ने पाठ कसैले दिएको छ भने , त्यो नव युवा आन्दोलन नै हो।

यो आन्दोलन केवल सडकमा नारा लगाउने वा सामाजिक सञ्जालमा असन्तोष पोख्ने सीमित प्रयास थिएन; बरु नेपाली समाजको गहिरो चेतनामा बसिसकेको मौन निराशालाई शब्द, आवाज र साहस दिने अभियान थियो। जसले नागरिकलाई चुप बस्नु होइन, प्रश्न गर्नु नै लोकतन्त्र हो; भन्ने बोध गरायो।

नव युवा आन्दोलनले बाहिरबाट मात्र होइन, दलहरूको भित्रभित्रैसम्म हल्ला सिर्जना गरिदियो। यसले जनतालाई “आफ्नो अधिकारको लागि आफैँ लड्नुपर्छ” भन्ने आत्मबोध गरायो। लामो समयदेखि शक्ति, पद र सत्तालाई आफ्नो पुर्ख्यौली सम्पत्ति ठानेर बसेका राजनीतिक नेतृत्वका लागि यो चेतनाको उदय सहज थिएन। तर समयले मागेको परिवर्तनलाई कसैले रोक्न सकेन। यही आन्दोलनको दबाबले आज पुराना दलहरूभित्र नयाँ बहस, नयाँ नेतृत्व र नयाँ दिशाको खोजी सुरु भएको देखिन्छ।

यसको एउटा ज्वलन्त उदाहरण नेपाली कांग्रेसभित्र गगन थापाको उदय हो। गगन थापा कुनै आकस्मिक राजनीतिक पात्र होइनन् । उनी परिवर्तनको चाहनाले जन्माएको नेतृत्व हुन्। पार्टीभित्र वर्षौँदेखि जरा गाडेर बसेको यथास्थितिवादी सोचविरुद्ध उठेको आवाजलाई नव युवा आन्दोलनले मलजल गर्‍यो। आज कांग्रेसभित्र युवाको कुरा, पारदर्शिता, जवाफदेहिता र कार्यसम्पादनको बहस उठ्न थालेको छ भने त्यसको पछाडि यही आन्दोलनले सिर्जना गरेको दबाब स्पष्ट देखिन्छ।

उता एमालेभित्र पनि यो प्रभाव कम छैन। केपी शर्मा ओलीले एक वर्षपछि हुने भनिएको महाधिवेशन एक वर्ष अगाडि सार्नु सामान्य संगठनात्मक निर्णय मात्र थिएन। त्यो निर्णय पार्टीभित्र र बाहिर बढ्दो असन्तोष, प्रश्न र दबाबको प्रत्यक्ष परिणाम थियो। नव युवा आन्दोलनले “सबै कुरा नेताले जे भने पनि मान्नुपर्छ” भन्ने संस्कृतिमा दरार ल्याइदियो। अब नेताहरू पनि समय, परिस्थिति र जनभावनाअनुसार निर्णय लिन बाध्य हुन थालेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नयाँ मार्ग प्रशस्त गर्ने प्रयास थालेका छन्। दशकौँसम्म सशस्त्र संघर्ष र क्रान्तिको भाषामा राजनीति गरेका दलहरू आज शान्ति, सुशासन र जनउत्तरदायित्वको भाषा बोल्न बाध्य भएका छन् भने त्यसको कारण पनि नव युवा आन्दोलनले उठाएको प्रश्न नै हो। जनताले अब विगतको बलिदान मात्र होइन, वर्तमानको परिणाम खोज्न थालेका छन्।

स्वतन्त्र भनिएको पार्टी रास्वपामा समेत यो आन्दोलनले ठूलो परिवर्तन गरिदिएको छ। रास्वपा आफैँ परिवर्तनको प्रतीक भएर उदाएको भए पनि नव युवा आन्दोलनले त्यसलाई अझ उत्तरदायी बन्न बाध्य बनाएको छ। “हामी नयाँ हौँ” भन्नु मात्रै पर्याप्त छैन, नयाँ सोच, नयाँ संस्कार र नयाँ अभ्यास पनि देखिनुपर्छ भन्ने सन्देश यो आन्दोलनले दिएको छ। जनताले अब कुनै पनि पार्टीलाई आँखाबन्द गरेर विश्वास गर्ने अवस्था छैन।

नव युवा आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेको डरको राजनीति तोडिनु हो। पहिले अधिकार माग्नु अपराधजस्तै मानिन्थ्यो, प्रश्न गर्नु विद्रोह ठानिन्थ्यो। आज युवाहरू खुलेर बोल्न थालेका छन्। सडकमा उत्रिन थालेका छन्, सामाजिक सञ्जालमा मात्र होइन, व्यवहारमै परिवर्तनको माग गर्न थालेका छन्। यसले लोकतन्त्रलाई जिवन्त बनाएको छ।

यो आन्दोलन कुनै एक दल, एक नेता वा एक विचारधाराको पक्षमा उभिएको छैन। यो आन्दोलन त प्रणाली सुधारको पक्षमा उभिएको हो। भ्रष्टाचार, ढिलासुस्ती, अवसरवाद र सत्ता मोहको विरुद्धमा उभिएको हो। त्यसैले पुराना दलहरू असहज महसुस गरिरहेका छन्, तर त्यही असहजताबाट नयाँ सम्भावनाको जन्म हुँदैछ।

आज नेपाली राजनीतिमा देखिएको हलचल आकस्मिक होइन। यो वर्षौँदेखि दबिँदै आएको असन्तोषको विस्फोट हो। नव युवा आन्दोलनले राजनीतिलाई एक पटक फेरी जनतासँग जोड्ने काम गरेको छ। राजनीति अब बन्द कोठाको खेल होइन; सार्वजनिक बहसको विषय बन्दै गएको छ।

  • #womenviolence #dhangadhiaandolan
  • उहाँले समसामयिक विषयमा कलम चलाउनु हुन्छ।
  • लवदेव धामी सुदूरपत्र अनलाइनका संवाददाता हुनुहुन्छ
शनिबार, माघ ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.