• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा एक महिनामै ५३१ क्युफिट सालको काठ बरामद, चुरेमा काठ तस्करी तीव्र

धनगढी, २८ पुस  /  कैलालीको चुरे क्षेत्रमा सालको काठ तस्करी तीव्र बन्दै गएको छ। डिभिजन वन कार्यालय कैलालीले एक महिनाको अवधिमै चुरेका विभिन्न स्थानबाट ठूलो परिमाणमा  सालको काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार एक महिनाको अन्तरालमा ५३१ दशमलव ४८ क्युफिट सालको चिरान काठ बरामद गरिएको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वनबाट ६ पटक र गौरीगङ्गा नगरपालिका–६ बाट एक पटक गरी सात स्थानबाट काठ बरामद गरिएको जानकारी दिए।

ठाकुरका अनुसार मंसिर २६ गते आफू कार्यालयमा हाजिर भएपछि वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ। सोही क्रममा चुरे गाउँपालिका–५ मौरीगाउँबाट वेवारिसे अवस्थामा १४९ दशमलव ९८ क्युफिट चिरान सालका २३० थान काठ बरामद गरिएको थियो।

यसैगरी, पुस १२ गते गौरीगङ्गा नगरपालिका–६ बाट २५ दशमलव २८ क्युफिट सिसौ काठ, एक थान हाते आरा, एक थान किप्याड मोबाइल बरामद गर्दै गोदावरी नगरपालिका–७ का श्यामबहादुर चौधरी र प्रेम चौधरीलाई नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ।

पुस १९ गते चुरे गाउँपालिका–२ का विभिन्न तीन स्थानबाट पनि सालको काठ बरामद गरिएको छ। एक सामुदायिक वन क्षेत्रबाट ५९ दशमलव १९ क्युफिटका ६८ थान चिरान काठ फेला परेको छ भने सोही दिन फरक–फरक दुई स्थानबाट क्रमशः ३६ दशमलव ८९ र ५१ दशमलव ५१ क्युफिट काठ वेवारिसे अवस्थामा भेटिएको कार्यालयले जनाएको छ।

त्यस्तै, पुस २० गते चुरे गाउँपालिका–२ बाट २७७ थान चिरान सालको काठ बरामद गरिएको थियो, जसको परिमाण १३९ दशमलव ९७ क्युफिट रहेको वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले बताए।

वन कर्मचारीको सक्रियताका कारण वन क्षेत्रबाट अवैध रूपमा कटान गरी विभिन्न स्थानमा लुकाएर राखिएको काठ बरामद गर्न सफल भएको ठाकुरको भनाइ छ। यद्यपि, बरामद काठ कुन–कुन सामुदायिक वन क्षेत्रबाट कटान गरिएको हो भन्ने यकिन तथ्य भने खुल्न नसकेको उनले स्वीकार गरे।

चुरे क्षेत्रमा काठ तस्करीमा केही सामुदायिक वनकै पदाधिकारीसमेत संलग्न रहेको आशंका गर्दै ठाकुरले काठ बरामद भएपछि तस्करहरू भागाभाग गरेको दाबी गरे। उनले आफू कार्यालयमा हाजिर भएयता चोरी निकासी, वन्यजन्तु सिकार र अतिक्रमण नियन्त्रणका लागि कर्मचारीसहित स्वयं संवेदनशील क्षेत्रमा खटिँदै आएको बताए।

सोमबार, पुष २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.