धनगढी , २३ पुस / धनगढीमा पत्रकार अचार संहिताबारे छलफल गरिएको छ । नेपाल प्रेस काउन्सिलका सदस्य पदमराज जोशीले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई पत्रकार अचार संहिता पुस्तिका र आचार संहिताको लिखित ब्यानर हस्तान्तरण गर्दै यस बारे छोटो छलफल गरेका थिए।
निर्वाचनको समयमा अचार संहिता उलङ्घन हुदै आएकाले फागुन २१ गतेका लागि तय भएको निर्वाचनका समयमा पत्रकारहरुलाई अचार संहितामा रहेर काम गर्न सजग गराए । पत्रकारले अरुमाथि औँला उठाउन मात्रै जानेर हुदैन स्वयं आफु पनि आफ्नो पेशाप्रति कटिबद्ध भएको हुनु पर्ने प्रेस काउन्सिलका सदस्य पदमराज जोशीको भनाइ रहेको थियो ।
यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले अब लगत्तै प्रेस काउन्सिलसँगको सहकार्यमा कैलाली जिल्लाका अत्तरिया, टिकापुर, भजनी र धनगढीमा पत्रकार अचार संहिताबारे सचेतना कार्यक्रम चलाउने बताए।
नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत शाहले प्रदेश महासंघले गर्दै आएका कार्यक्रममा अचार संहितामाबारे आधारभूत प्रशिक्षण दिदै आएको समेत बताए ।
नेपाल पत्रकार महासंघ कैलालीको सभाहलमा केन्द्रीय सदस्य योगेन्द्र बलायर पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह , कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा , नेपाल पत्रकार महासंघ कैलाली पूर्वअध्यक्ष अर्जुन शाह, सल्लाहाकार मिन बम लगायत पत्रकार महासंघका पदाधिकारी र अन्य सञ्चारकर्मीहरुको उपस्थितिमा अचार संहितामाबारे छलफल गरिएको थियो।
