धनगढी , १८ पुस / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय अत्तरियाको वार्षिक कार्य योजना अनुसार कैलाली र कञ्चनपुरमा रडार स्पिड गनको प्रयोग तिब्र गरिएको छ।
दुर्घटना को मुख्य कारण तिब्रगतिमा गाडि चलाउनु नै हो। प्रहरी नायव उपरीक्षक टेक बहादुर जोराका अनुसार तोकिएको गति सिमा भन्दा बढी गतिमा सवारी साधन चलाएमा शुन्य सहनशिल्ताको नीति अनुसार कारबाही गरिने भएको छ।