• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जारी गरेको ऐन लागु नहुँदै संशोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकार

धनगढी, १८ पुस /  सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको छ महिनामै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन गर्दै छ । ऐन कार्यान्वयनमा समस्या आएपछि प्रदेश सरकारले बनाएको छोटो अवधिमै ऐन संशोधन गर्न लागेको हो । गत असार १५ गते सरकारले यो ऐन जारी गरेको थियो । ऐनमा भएका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले नै यस ऐनविरुद्ध २० वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर गरेका छन् ।

ऐन जारीका क्रममा यसका पक्षमा समर्थन र विरोधका आवाज उठेका थिए । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधनका लागि प्रदेश सभामा संशोधन विधेयक टेबुल भइसकेको छ । बिहीबार बसेको सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२ सभामा टेबुल गरे ।

प्रदेशभित्र रहेका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी व्यवस्था गर्न तथा स्थानीय सेवालाई प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनी व्यवस्था गर्ने उद्देश्यले ऐन बनाइएको थियो । तह मिलान हुने कर्मचारीको ज्येष्ठतासम्बन्धी प्रावधान, सङ्गठन संरचना तथा दरबन्दी स्वीकृतिसम्बन्धी प्रावधान, बिदालगायतका सर्त सुविधा सम्बन्धमा गरिएका व्यवस्था थप स्पष्ट पार्न यो कानुनको संशोधन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सभामा ढ्यापढ्यापे समय माग गरेर प्रदेश सभा सदस्य चक्र मल्लले कुनै पनि कानुन व्यापक छलफल गरेर मात्रै बनाउनुपर्ने बताए ।

यसैबिच प्रदेश सभा बैठकमा दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरिएको छ । छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य ललिता सुनारले दलित समुदायमाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी सशक्तीकरण गर्ने उद्देश्यले विधेयक आएको उल्लेख गर्दै चाँडै पारित गर्नका लागि आग्रह गरे ।

त्यस्तै लक्ष्मी विकले चार वर्षअगाडि बनेको दलित सशक्तीकरण ऐन कार्यान्वयनमै नआई संशोधन हुन लागेको बताइन् । उनले संवैधानिक प्रावधानको कार्यान्वयन नहुने गरी संशोधन विधेयक आएको भन्दै त्यस्ता विषयलाई हटाउनुपर्नेमा जोड दिइन् । छलफलमा उठेका विषयमा सामाजिक विकासमन्त्री मेघराज खड्काले जवाफ दिएका थिए । उनले केही अस्पष्टता र कानुनी समस्या हटाई छिटो कार्यान्वयनका लागि संशोधन विधेयक ल्याएको बताउनु भयो ।

यसै गरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन, २०८२ सभाबाट सर्वसम्मतले स्वीकृत गरिएको छ । समितिका सभापति अक्कलबहादुर रावलको प्रस्तावमा प्रतिवेदनलाई सर्वसम्मतले स्वीकृत गरिएको हो ।

शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.