काठमाडौँ।माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान प्रकाशित गरेको नतिजाअनुसार १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण ९ग्रेडेड० भएका छन्।
बोर्डका अध्यक्ष डा।महाश्रम शर्माका अनुसार ५९ हजार ६९३ जना परीक्षार्थी भने अनुत्तीर्ण अवर्गीकृत भएका छन्।
गएको साउन २९ देखि भदौ ६ गतेसम्म एसईई पूरक परीक्षा सञ्चालन गरिएको थियो।
