• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विदेशको मोह त्यागेर भैँसीपालनमा

कैलाली,  भदौ १६ ।  गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँ हिला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गर्नुभयो । हाल उहाँ स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त हुनुहुन्छ ।

साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिनुभएको छ । गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खर्च भएको साउदले बताउनुभयो । मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ ।

उहाँले भन्नुभयो, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ ।” प्रतिलिटर रु ९० का दरले उहाँले दैनिक ४० लिटर दूध बिक्री गर्नुहुन्छ । ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताउनुभयो ।

साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन् । भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताउनुभयो ।

विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गर्नुभएको हो ।

“नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भन्नुभयो ।

विदेशमा माटोको उर्वराशक्ति न्यून भएका देशमा बाहिरबाट कन्टेनरमा माटो आयात गरेर खेतीयोग्य जमिन बनाइ कृषि कार्य गर्ने गरेको साउदले बताउनुभयो ।

“हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि कार्यका लागि धेरै चिज छ, हामीसँग घाँस छदैछ, माटोको उर्वराशक्ति राम्रै छ, यहाँ जे गरे पनि उत्पादन राम्रै हुन्छ,” उहाँले भन्नुभयो, “त्यही भएर पनि आफूले भैँसीपालन व्यवसाय अगालेको हुँ ।”

हिजोआज धेरैजसो व्यक्ति कमाउनका लागि विदेश पलायन भइरहेका बेला साउद भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहनुभएको छ । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदारण दिइरहेको छु । परिवारको खर्च यसैबाट टरेको छ”, उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

पछिल्लो समय कैलालीमा भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यसको विकास र विस्तारका लागि सरकारले अनुदानका साथै सहुलिएतमा ऋण उपलब्ध गराए धेरै सहज हुने उहाँको भनाइ छ । लगतै गड््यौला मल उत्पादन व्यवसाय सञ्चालन गरेर बजारमा बिक्री गर्नेसमेत योजना रहेको साउदले बताउँनुभयो ।  रासस

सोमबार, भदौ १६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.