• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा अपाङ्गता भएका आदिवासीहरूको अधिकार सम्बन्धी अभिमुखीकरण गोष्ठी

धनगढी, १५ भदौ /  अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार महासन्धि (सीआरपीडी), तथा दिगो विकास लक्ष्य (एसडीजी) विषयमा एक दिवसीय अभिमुखीकरण कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न भएको छ। विशेष गरी आदिवासी समुदायका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर आयोजित कार्यक्रममा अधिकारकर्मी, सरकारी निकायका प्रतिनिधि, संघसंस्थाका पदाधिकारीहरू र सरोकारवाला निकायका व्यक्ति सहभागी थिए।

गोष्ठीको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको विशेषतः आदिवासी महिला अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, उनीहरूको सामाजिक, आर्थिक अवस्था, नीतिगत पहुँच तथा विकासमा समावेशीकरणबारे गहिरो छलफल गर्नु थियो। कार्यक्रममा सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन, पहुँच र सशक्तिकरणका सवालमा सरकार र समाज दुवैको भूमिकाबारे प्रश्न उठाएका थिए।

नेपाल मगर संघका प्रतिनिधि कमल बहादुर पुन मगरले विशेष गरी आदिवासी अपाङ्गता भएका महिलाहरूको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै उनीहरूको जीवनस्तर उकास्न विशेष सरकारी योजना आवश्यक भएको धारणा व्यक्त गरे। पुनले दुर्गम क्षेत्रका अति विपन्न अपाङ्ग महिलाहरूको अवस्था सुधारका लागि कार्यक्रम महत्वपूर्ण हुने विश्वास पनि प्रकट गरे।

त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण धमलाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माणका लागि निरन्तर प्रयासरत रहेको जनाए। यद्यपि, समस्याहरू गहिरा रहेका र समाधानका लागि अझै धेरै सङ्घर्ष आवश्यक रहेको उनको भनाइ थियो।

सफल नेपालकी अध्यक्ष रुपा राईले धनगढी उपमहानगरपालिका र सामाजिक विकास मन्त्रालयसँग योजना तथा कार्यक्रमको माग गर्दा पनि अपेक्षित उपलब्धि नपाएको भन्दै गुनासो व्यक्त गरिन्। अपाङ्गता भएका महिलाहरूको समावेशीकरण नीतिमा स्पष्टता नभएको र कार्यविधिबारे समेत जानकारी नपाएको उनले बताइन्।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष दल बहादुर घर्ती मगरले सरकारलाई अपाङ्गता भएका आदिवासी समुदायका लागि बजेट तथा योजना विनियोजन गर्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरे। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वासी बन्न र आफ्ना सिप, कला तथा क्षमता पहिचान गरी अगाडि बढ्न प्रेरणा दिए।

धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र नेपालीले नीति र नियम बने पनि कार्यान्वयनमा कमजोरी रहेको र विशेषतः आदिवासी महिला र उनीहरूका बालबालिकाका समस्या अझै यथावत् रहेको बताए।

प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि रहेका कर्ण बहादुर कुवंरले अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले नीति, योजना र बजेट व्यवस्था गरेको भए पनि ती कार्यक्रम लक्षित समूहसम्म नपुगेको स्वीकार गरे। उनले आगामी लगानी तथा विकास सम्मेलनहरूमा अपाङ्गता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको अभिमुखीकरण सत्र अपाङ्गता समावेशी विकास विज्ञ तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) का प्राविधिक सल्लाहकार कृष्ण गहतराजले सञ्चालन गरेका थिए। उनले सीआरपीडी तथा सोसँग सम्बन्धित धाराहरूबारे सहभागीहरूलाई स्पष्ट जानकारी दिएका थिए।

कार्यक्रम सुदूरपश्चिम आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष करिश्मा चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय अटिजम केयर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेत, फिडवानकी उपाध्यक्ष रश्मी गुरुङ लगायत विभिन्न संघसंस्था तथा अपाङ्गता क्षेत्रमा कार्यरत व्यक्तिहरूको उपस्थिति थियो।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.