• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भूमि समस्या समाधान आयोग दार्चुलाद्वारा ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण

 धनगढी,१३ भदौ । भूमि समस्या समाधान आयोग दार्चुलाले यहाँका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि–२०७८ अनुसार जग्गाको नापजाँच, फिल्ड मुचुल्का, राजस्व सङ्कलनलगायतका आवश्यक प्रक्रिया पूरा गरेर अव्यवस्थित बसोबासीलाई प्रमाणपुर्जा वितरण गरिएको दार्चुला जिल्ला समितिका सदस्यसचिव एवं नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्रसिंह धामीले बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग हुँदा आर्थिक वर्ष २०८०/८१ मा दुहुँ गाउँपालिका–४, धामी बोहरीगाउँका २० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । भूमि समस्या समाधान आयोगबाट गत आव २०८१/८२ मा शैल्यशिखर नगरपालिका–६ का ४७ जना अव्यवस्थित बसोबासीलाई असार ३० गते प्रमाणपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो ।

चालु आव २०८२/८३ मा शैल्यशिखर नगरपालिका–६ कै थप पाँच जनालाई बुधबार एक कार्यक्रमबिच जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा लालपुर्जा वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । भूमि आयोग गठन भएपछि जिल्लामा दोस्रो पटक जग्गाधनी लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो । संविधान सभा सदस्य एवं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा शैल्यशिखर–६ का थप पाँच जनालाई लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो ।

हालसम्म दार्चुलामा ८१ जनाको फाइल तयार भइसकेको आयोगले जनाएको छ । फाइल तयार भएपछि जग्गाधनीले लगत अनुसार राजस्व बुझाएपछि प्रमाणपुर्जा उपलब्ध गराउने व्यवस्था गरिएको सदस्यसचिव धामीले बताउनुभयो । दार्चुलामा भूमिहीन दलित १४६ जना, सुकुमवासी ६७ जना र अव्यवस्थित बसोबासी एक हजार ५६० जनाले आयोगमा निवेदन दिएका छन् ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.