• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नाउपाको आन्तरिक विवाद सतहमा, तल्लो स्तरका नेता, कार्यकर्तामा निराशा

धनगढी,१२ भदौ । पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीका तल्लो स्तरका नेता, कार्यकर्तामा निराशा छाएको छ । दुई वर्षपछि हुने निर्वाचनका लागि स्थानीयस्तरमा माहोल बनाइरहेका उनीहरू पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको आरोप प्रत्यारोप र विवादले खिन्न भएका छन् । नाउपाबाट कैलारी गाउँपालिकाको अध्यक्षमा चुनावसमेत लड्नुभएका भीष्मराज चौधरीले रेशम चौधरी–रञ्जिता श्रेष्ठ को सबै गतिविधि आफूहरूले हेरिरहेको बताउँदै उहाँहरू सुध्रिएर आएनन् भने त्यसमा नेता तथा कार्यकर्ताले विचार गर्ने बताए ।

उनले भने उनिहरु सुध्रिनुहुन्छ, हामीले त्यही अपेक्षा गरेका छौँ ।” दुवै नेताको विवादका कराण सुदूरपश्चिम प्रदेशमा पार्टीले मुख्यमन्त्री गुमाएको थियो । मन्त्रीहरू पनि उहाँहरूका कारण बर्खास्तमा परेको पनि गुनासो भइरहेको छ ।

अध्यक्ष श्रेष्ठलाई पदबाट हटाएर अर्को अध्यक्ष बनाउने प्रयासपछि नागरिक उन्मुक्ति पार्टीभित्र खैलाबैला मच्चिएको छ । केही दिनअगाडि मात्रै बहुसङ्ख्यक केन्द्रीय सदस्यको बैठकबाट संरक्षक चौधरीले श्रीमती श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर सांसद लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाउनुभएको थियो तर निर्वाचन आयोगले चौधरीलाई अध्यक्षको मान्यता नदिएपछि वैधानिक रूपमा श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहनुभएको छ । यो प्रकरणले गर्दा नाउपाका संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिचको विवाद अझ बढेको छ । उनीहरूको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नै छिन्नभिन्न बन्ने अवस्थामा पुगेको छ । नाउपाका नेता तथा कार्यकर्ताले पार्टी छाड्न थालेका छन् । रातदिन मेहनत गरेर बनाएको पार्टीभित्र शीर्ष नेतृत्वको विवादले निराश रहेको बताउँदै नेता भीष्मराज चौधरीले उहाँहरू सुध्रिनेमा आफूहरू आशावादी रहेको बताए ।

पार्टीभित्र शीर्ष नेताबिचको आन्तरिक विवादका कारण पालिकास्तरका नेता, कार्यकर्ता तितरबितर नभए पनि उत्साह भने कम भएको नेता भीष्मको दाबी छ । उहाँले तल्लो तहमा सबै ठिकठाक रहे पनि माथिल्लो तहमा नेताहरूले गडबडी गरिरहेको स्पष्ट पारे ।

थरुहट आन्दोलनको जगबाट उदाएको नागरिक उन्मुक्ति पार्टी २०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो शक्तिका रूपमा उदाएको छ । थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुकेको यो पार्टीप्रति थुप्रै जनताको सहानुभूति र आकर्षण देखिएको थियो तर पछिल्लो समय देखिएका घटना क्रमका कारण नागरिक उन्मुक्ति पार्टीको आलोचना बढेको छ ।

शीर्ष नेताको विवादले कार्यकर्ताको मनोबलमा असर परेको नागरिक उन्मुक्ति पार्टी कैलारी गाउँपालिकाका अध्यक्ष शङ्कर चौधरीले बताए ।

पार्टी संरक्षक रेशम चौधरीले उठाएको मुद्दालाई हेरेर कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको उल्लेख गर्दै चौधरीले अध्यक्ष श्रेष्ठको चर्तिकलाप्रति निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता असन्तुष्ट र दुःखी रहेको उल्लेख गरे ।

भजनी नगरपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका सो पार्टीका नेता विक्रम चौधरीले ठुला पार्टीले आफू बलियो हुनका लागि नागरिक उन्मुक्ति पार्टीलाई विभाजित गर्न खोजिरहेको जिकिर गरे । नेता विक्रम चौधरीले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद श्रीमान्–श्रीमतीबिचको झगडा मात्रै रहेको भन्दै दुई जना मिले सबै कुरा मिल्ने दाबी गरे ।

शीर्ष नेताबिचको विवादको असर ग्रामीणस्तरमा खासै नपरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कैलाश चौधरीको बुझाइ छ । उहाँले अरू जिल्लामा अलि असर परे पनि कैलालीमा पार्टीका कार्यकर्ता पार्टी र मुद्दामा अडिग रहेको दाबी गरे । “माथिका नेताहरू दुई धारमा छन् तर ग्रास रुटका नेता, कार्यकर्ता, जनतामा दुई धार मैले पाएको छैन,” चौधरीले भने , “शीर्ष नेतृत्वले सही ढङ्गले नेतृत्व गरिदिओस् भन्ने उहाँहरूको चाहना छ ।”

बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.