धनगढी,९ भदौ । कैलाली कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार चौधरीलाई दिउँसो साढे २ बजेतिर रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पु¥याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चिकित्सकले पनि उच्च रक्तचापकै कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरेको उनले जानकारी दिए । यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने उनी बताउँछन् ।