धनगढी, ९ भाद्र / तीज पर्वको अवसरमा धनगढीमा रहेको शीतल एकेडेमीले वादविवाद प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।
शितल एकेडेमीमा अध्ययनरत विद्यार्थीको सहभागितामा वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो। भने सँगै नेपाली नारीहरूको महान पर्व हरितालिका तीज विशेष दर खाने कार्यक्रम समेत गरिएको एकेडेमीका सञ्चालक कुबेर निशानीले जानकारी दिए।
एकेडेमीका सञ्चालक निशानीका अनुसार कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका निवर्तमान स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष तथा डिबि इन्स्टिच्युटका सञ्चालक यमराज जोशी र विशिष्ट अतिथिमा स्वतन्त्र विद्यार्थी युनियनका सचिव तथा आरम्भ ल इन्स्टिच्युटका सञ्चालक ओम प्रकाश वस्ती, खवर रफ्तार दैनिकका सम्पादक धिरज सिंह परपाला, अनाया इन्स्टिच्युटका सञ्चालक रुस्मा भूलको उपस्थितिसहित सञ्चारकर्मी, एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताका विजयी विद्यार्थीलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गर्दै सम्मान गरिएको थियो। साथै आयोजकले थप सफलताको कामना समेत गरेको छ।