• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

थारूका मुद्दा स्थापित गर्न सहयोग आवश्यक

धनगढी,८ भदौ । नेपाली कांग्रेस वा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले जातीय पहिचानसहितको सङ्घीयताको माग पूरा नभए पनि जनसङ्ख्याका आधारमा शासनसत्तामा सहभागिताको माग जारी राख्नुपर्ने बताउनुभएको छ । २०७२ सालमा टीकापुरमा भएको थारू आन्दोलनको सम्झनामा शनिबार टीकापुरमा भएको कार्यक्रममा पूर्वमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । “भ्रममा मात्रै नपरौँ,” पूर्वमन्त्री चौधरीले भन्नुभयो, “थारूको जातीय जनसङ्ख्याका आधारमा न्याय, प्रशासनमा ६.६ प्रतिशत थारू नियुक्ति पाउन सबै दलका थारू नेताले आआफ्ना शीर्ष नेतालाई भेटेर कुरा गरौँ ।”

थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले रुक्मणी, भानु, रेसम, रञ्जिताका इच्छा अनुसारका पार्टी छन्, केही जय थरुहट भन्दै सरकारमा पुग्ने र पालैपालो मन्त्री भएर सकिने अवस्था आएको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतासमेत रहेका चौधरीले नागरिक उन्मुक्तिका नेतालाई सङ्केत गर्दै झुक्याएर यात्री बटुल्ने बसचालकले बिचबाटोमै छोडेपछि नागरिक उन्मुक्तिको गाडीबाट झर्नु परेको बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका अनुशासन आयोगका संयोजक तथा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले स्थानीय तहमा निर्वाचित प्रदेश, सङ्घमा निर्वाचित भएर मन्त्री भइसकेपछि सत्ताको खिचातानीले नागरिक उन्मुक्ति छिन्नभिन्न हुन लागेको र विभिन्न दलबाट आन्दोलनमा आएका थारू आआफ्ना पार्टीमा फर्किन लागेको बताउनुभयो । राजबन्दीका तर्फबाट बोल्दै प्रदीप चौधरी मुद्दा चलाइएका ५८ जना र जेल जीवन बिताएका २७ जनाका परिवार अझै समस्यामा रहेको बताउनुभयो । अर्का राजबन्दी रामप्रसाद चौधरीले प्रहरीले मुद्दा चलाएका तर अदालतमा हाजिर नभएका २८ जनाको मुद्दा अन्योलमै रहेकाले त्यसको निक्र्योल गर्नुपर्नेमा लक्ष्मण र रेसम जस्ता नेता दिवसमा उपस्थिति नहुनु विडम्बना भएको बताउनुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार सदस्य होरीलाल चौधरी, नेकपा (माओवादी केन्द्र) का नेता नेपबहादुर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता करिश्मा कठरियाले आफूहरू थारूको मागप्रति सहमत रहेको र संविधान संशोधनका क्रममा यसलाई समेटनुपर्ने सुझाव दिनुभएको छ ।

के हो टीकापुर घटना ? 

२०७२ सालमा संविधान जारी हुन लागेका बेला प्रदेशको सीमाङ्कन नमिलेको भन्दै थरुहट मोर्चाले टीकापुरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका बेला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारीलाई सम्झाउन पुगेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौ जना प्रहरीलाई घेरा हाली हत्या गरिएको थियो भने नजिकै घरमा भएका एक बालकको पनि हत्या भएको थियो । अदालतले रेसमलाल चौधरीलाई टीकापुर घटनाको मुख्य दोषी ठहर गरी आजीवन काराबासको सजाय सुनाएको थियो । २०७४ सालमा जेलबाटै चुनाव लडेका रेसमलाल प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा आफू संरक्षक रहेर खोलेको नागरिक उन्मुक्ति पार्टी २०७९ सालको निर्वाचनमा तिनै तहमा प्रतिनिधि जिताउन सफल भए पनि पार्टी आफ्नै किचलोमा फसेको छ । यस पटकको दिवसमा संरक्षक रेसमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रतिनिधि सभा सदस्यहरू लालवीर चौधरी, गङ्गाराम चौधरी, अरुण चौधरी उपस्थित हुनुभएन ।

आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.