धनगढी, ४ भदौ / अनलाइन टिभी पत्रकार संघ नेपाल कैलालीको प्रथम जिल्ला अधिवेशन लम्कीचुहा नगरपालिका चिसापानीमा सुरु भएको छ । कैलाली जिल्ला भरिका अनलाइनकर्मी पत्रकारहरुको उल्लेख्य उपस्थितिमा अधिवेशन सुरु गरिएको हो।
सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीको प्रमुख आतिथ्यता तथा प्रथम अधिवेशन संयोजक दिपक रावलको सभाध्यक्षमा अधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । अनलाइन टिभी पत्रकार सङ्घका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारीसँगै विभिन्न पत्रकार संगठनको नेतृत्व गरिरहेका पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि कानुन मन्त्री सार्कीले “म लगायत म आबद्ध मन्त्रालयले मिडिया र मिडियाकर्मीको हक हितका लागि काम गर्ने बताए। यस पटक प्रेस रजिस्ट्रारको नियुक्ति गर्न छलफलमा रहेको र आउँदो असोज/कार्तिक सम्म नियुक्ति गरिने बताए । केहीँ कानुनी अड्चनहरुले समस्या भएको जानकारी दिए । पत्रकारको हक हितका लागि मन्त्रालय गम्भीर रहेको मन्त्री सार्कीले जानकारी दिए । ”
यस्तै उद्घाटन कार्यक्रममा मन्तव्य राखेका अधिकांश वक्ताहरुले आजको आवश्यकता नै मल्टिमिडिया पत्रकारिता भएकाले यो अनलाइन टिभी पत्रकार संघ कैलालीको प्रथम अधिबेशनबाट सक्षम नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।