• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

धनगढी,३ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावका कारण गड्डाचौकी–चिसापानी खण्ड विस्तारलाई तीव्रता दिन नसकेको जनाएको छ । चालु आर्थिक वर्षमा गड्डाचौकी–चिसापानी सडक खण्ड १२६ किलोमिटर विस्तार तथा मर्मतका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

सडक डिभिजन महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बजेट अभावका कारण सडक विस्तार ढिलो भएको बताए । गत आर्थिक वर्षमा करिब रु तीन करोड मात्र विनियोजन भएपछि कल्भर्ट निर्माण र केही सडक मर्मत गरिएको थियो । वेदकोट नगरपालिकाको सुडास्थित बाढीले बगाएको पुल गत वर्ष निर्माण गरिएको छ । रु एक करोड ५० लाखमा निर्माण गरिएको उक्त योजनाको रु ८० लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

प्रमुख यादवले भने,“हामीसँग राजमार्ग मर्मत र विस्तारका लागि आवश्यक बजेट विनियोजन हुँदैन, बजेट अभावले काम गर्न सकिएको छैन ।” गड्डाचौकी–चिसापानी खण्डमा हालसम्म १२ किलोमिटर मात्रै सडक विस्तार गरिएको छ भने १२ वटै कल्भर्ट निर्माण गरिएका छन् । सडक डिभिजनले शहरी क्षेत्र र बस्ती नजिकको राजमार्गलाई दायाँबायाँ तीनरतीन मिटर सडक चौडासँगै कल्भर्ट निर्माण गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गको यस सडकखण्ड विस्तार तथा मर्मतका लागि मात्रै वर्षेनी रु १५ करोड आवश्यक पर्ने प्रमुख यादवले बताए ।

पूर्व पश्चिम राजमार्गको लम्बाइ एक हजार २७ किलोमिटर छ । विश्व बैङ्क र एसियाली विकास बैङ्कसहितका दातृ निकायको सहयोगमा राजमार्गको विभिन्न खण्ड स्तरोन्नति सुरु गरिएको हो । तर गड्डाचौकी–चिसापानी खण्ड विस्तारका लागि अध्ययन सम्म हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा गड्डाचौकी–अत्तरिया सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न रु २१ अर्ब विनियोजन गर्ने घोषणा गरेपनि त्यसका लागि विभागबाट परामर्शदाता नियुक्ति, अध्ययन, ‘इआइए’, बजेटको स्रोत सुनिश्चितलगायत नभएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सन् १९६१ मा निर्माण सुरु गरिएको पूर्वपश्चिम राजमार्ग नेपालको प्रमुख रणनीतिक सडक हो । यसलाई चार लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ ।महेन्द्र राजमार्गको काँकरभिट्टा–चन्द्रौटा, इटहरी–कञ्चनपुर, कञ्चनपुर–कमला, कमला पथलैया, नारायणगढ–बुटवललगायतका खण्ड सडक विस्तार भइरहेको छ । धानखोलादेखि लमहीसम्म सडक स्तरोन्नति अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनको अनुदानबाट अघि बढाइएको छ ।

स्थानीयले गड्डाचौकी–चिसापानी सडक खण्ड विस्तार गरिनुपर्ने माग राख्दै आएका छन् । यो सडक खण्ड विस्तार नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । यस राजमार्गको गड्ड्चौकी–अत्तरिया सडक खण्ड गत आर्थिक वर्षमा मात्र १२६ वटा सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरको तथ्याङ्कअनुसार सो दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगर प्रमुख लक्ष्मण पचभैयाले बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढेको बताए । उनले सडक संरचना साँघुरो हुनु दुर्घटनाको प्रमुख कारण भएको बताए ।

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.