• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बयलपाटा अस्पताल सञ्चालन गर्न चिकित्सकसहित ५७ पदमा दरखास्त आह्वान

धनगढी ३ भाद्र/सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बयलपाटा अस्पताल, अछाममा आवश्यक जनशक्ति करार सेवाबाट भर्ना गर्न खुला प्रतियोगितामार्फत आवेदन आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार कुल ५७ पदमा दरखास्त माग गरिएको हो। जसअन्तर्गत चिकित्सकदेखि प्राविधिक, स्वास्थ्यकर्मी, प्रबन्धक तथा प्रशासनिक सहयोगीसम्मका पदहरू समावेश छन्।

सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्बाट स्वीकृत दरबन्दी अनुसार बयलपाटा प्रादेशिक अस्पताल सञ्चालनका लागि कर्मचारी माग गरिएको हो। प्रदेश सरकारले अस्पताल सञ्चालनको ऐन तयार पारेर अछामको बयलपाटा अस्पताल भदौ १ गतेबाट प्रदेश सरकारको मातहतबाट सञ्चालन गर्दै आएको छ।

सार्वजनिक सूचनामा उल्लेख भए अनुसार माग गरिएका पदहरूमा एमडि, फिजिसियन, सर्जन, एनेस्थेसिया, अप्थाल्मोलोजी, गायनाकोलोजी, पेडियाट्रिक, महिला स्वास्थ्य अधिकृत, डेन्टल सर्जन, अस्पताल व्यवस्थापक, ल्याब टेक्निसियन, फार्मेसी अफिसर, स्टाफ नर्स, एनेस्थेटिक सहायक, रेडियोग्राफर, कम्प्युटर अपरेटर, हेल्थ असिस्टेन्ट, आयुर्वेद सहायक, सामुदायिक स्वास्थ्य अधिकृतलगायतका पद रहेका छन्। आवेदन दिने अन्तिम मिति आगामी भदौ २३ गतेसम्म तोकिएको छ। उम्मेदवारहरूले तोकिएको ढाँचामा आवेदन फारम भरि सामाजिक विकास मन्त्रालयको इमेलमा पठाउनुपर्नेछ।

योग्यता सम्बन्धी विवरणअनुसार स्वास्थ्य सेवाका अधिकांश पदमा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल स्वास्थ्य व्यवसाय परिषद् वा सम्बन्धित परिषद्बाट दर्ता भएको प्रमाणपत्र अनिवार्य चाहिनेछ। अस्पताल व्यवस्थापक पदका लागि भने हेल्थ केयर म्यानेजमेन्ट वा हस्पिटल एड्मिनिस्ट्रेसनमा मास्टर डिग्री गर्नुपर्नेछ। सडक सूची र अन्तर्वार्ता वा लिखित परीक्षा र अन्तर्वार्तामार्फत छनोट प्रक्रिया सम्पन्न गरिने मन्त्रालयले जनाएको छ। प्रदेशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा मन्त्रालय मातहतका कार्यालयमा दरखास्त परेका उम्मेदवारहरूबाट छनोट गरी करार सेवामा नियुक्त गरिने मन्त्रालयले जानकारी दिएको छ ।

।

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.