• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग

धनगढी,३ भदौ । बैतडीमा सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग गरिएको छ । महाकाली लोकमार्गसँग जोडिएको खानी उत्खनन गर्दा सडकलाई असर गर्ने वा नगर्ने विषयमा सडक विभागसँग राय माग गरिएको हो । आइएमई समूहले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुपलेको लेकसम्म १० वर्गकिलोमिटर क्षेत्रफलसम्म खोजतलासको लाइसेन्स प्राप्त गरेको छ । उत्खनन हुने खानी महाकाली लोकमार्गबाट पाँच सय मिटर टाढा रहेकाले सडकलाई खासै असर नपर्ने सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लीलाधर भट्टले बताउनुभयो । उद्योगमा २५ अर्ब रुपियाँ लगानी गर्ने योजना रहेको बताइएको छ ।

उहाँले भन्नुभयो, “सिमेन्ट उद्योग सञ्चालन हुँदा सडकलाई असर पर्ने वा नपर्ने विषयमा राय मागिएको छ । भौगोलिक रूपमा सडकबाट पाँच सय मिटरभन्दा टाढा नै देखिए पनि हवाई दुरी भने करिब पाँच सय मिटर जति देखिन्छ । यसका लागि हामीले सुर्खेतस्थित सुपरिन्टेन्डेन्ट इन्जिनियरको अनुमति मागेका छौँ ।”

सिमेन्ट उद्योग सञ्चालनको सबै तयारी पूरा भएर सडक विभागको स्थलगत निरीक्षणसतिको सहमति माग गरिएको आइएमई समूहका भूवैज्ञानिक प्रेम खड्काले बताउनुभयो । उहाँले पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुनढुङ्गा उत्खननको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

प्रस्तावित खानीमा अनुमानित चार करोड ६५ लाख टन चुनढुङ्गा रहेको भूवैज्ञानिक खड्काले बताउनुभयो । खानीबाट दैनिक चार हजार पाँच सय टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको उहाँले जानकारी दिनुभयो ।

यहाँको ढुङ्गामा ५० प्रतिशत चुन ९क्याल्सेसियम अक्साइड० र १।२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको छ । नेपालमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गामा तीन प्रतिशतभन्दा बढी म्याग्नेसियम अक्साइड राम्रो मानिँदैन । म्याग्नेसियम अक्साइडको मात्रा जति कम भयो, त्यति राम्रो हुने भूवैज्ञानिक खड्काले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सकारले २०७७ सालमा गरेको अध्ययन अनुसार बैतडीमा नेपालकै राम्रो चुनढुङ्गा रहेको निष्कर्ष निकालेको थियो । प्रदेश सरकारको अध्ययनपछि आइएमई समूहले नवलपरासीपूर्वको चोरमारामा १० अर्ब रुपियाँमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना स्थगन गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो ।

नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानीनजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।

फलामसमेत बैतडीमै

सिमेन्ट उद्योगलाई आवश्यक पर्ने फलामसमेत बैतडीमै भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा भेटिएपछि उद्योगी थप उत्साहित भएका छन् ।

फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको छ । फलाम उत्खनन गर्ने कम्पनी पनि सिमेन्ट उद्योग खुल्ने प्रतीक्षामा छ ।

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.