• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बिच्छ्यावासीलाई बाढीको पीडा : पीडितलाई राहत वितरण

धनगढी,३ भदौ । बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । बाढीपहिरोले गाँसबासको समस्यामा परेका यहाँका स्थानीयलाई शुक्रबार हिमाली गाउँपालिकाले खाद्यान्न, भाँडाबर्तन र त्रिपाललगायतको राहत सामग्री वितरण गरेको हो । गत बुधबार राति बिच्छ्या खोलामाथिबाट आएको बाढी सिधै गाउँ पसेपछि घर, जमिन र खाद्यान्नलगायत सबै बगाएपछि स्थानीय पीडित बनेका छन् । यो बेला हिमाली गाउँपालिकाले चामल, नुन, तेल र भाँडा, त्रिपाल वितरण गरेपछि अहिले केही दिनका लागि भए पनि बिहान बेलुकीको छाक टार्न सहज भएको हिमाली–१, बिच्छ्याका सब्बले थापाले बताउनुभयो ।

बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिमा रहेका छन् । यहाँका ४१ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने २४ घरपरिवार विस्थापित भएका छन् । वडा नम्बर ५ कवाडीमा मात्र १६ घरपरिवार विस्थापित भएका छन् भने ३२ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

विद्युत्गृह बगाउँदा अन्धकार 

बिच्छ्या खोलामा आएको बाढीले पावर हाउस बगाउँदा यहाँको हिमाली गाउँपालिका अन्धकार भएको छ । कवाडी खोलामा रहेको कवाडी लघुजलविद्युत् योजनाको नहर र पावर हाउस बगाएपछि सो गाउँपालिका अन्धकार भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्षपहिला झन्डै दुई करोड रुपियाँमा सो परियोजना निर्माण गरिएको थियो । अहिले एक दिनमै त्यो सबै सखाप भयो । यसलाई मर्मत गर्न ठुलो रकमको आवश्यक पर्ने देखिन्छ । यसका लागि पालिकामा खासै त्यति ठुलो रकम छैन ।” बत्ती नभएर यहाँका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या भएको छ ।

खानेपानीको समस्या

हिमाली गाउँपालिका– १ र ५ का स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । उनीहरूले सधैँ खाने गरेको पानीको मुहान र पाइप बगाएपछि अहिले यहाँका स्थानीयलाई खानेपानीको समस्या भएको हो । बाढीले खाने गाँस, बस्ने बास र कमाइ गर्ने जमिन त बगायो । त्यति मात्र नभई अहिले यहाँको पाइप र मुहानसमेत बगाएपछि त्यहाँका स्थानीयवासीलाई खानेपानीको निकै समस्या हुने गरेको हिमाली गाउँपालिका–१, बिच्छ्याका छन्चलाल थाापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँमा खानेपानी थिएन । गत वर्ष यहाँका स्थानीय सरकारले गाउँमा खानेपानी पु¥याएको हो ।”

अहिले त्यो खानेपानीको पाइप र मुहान सबै पहिरोले बगाएपछि फेरि खानेपानीको समस्या सुरु भएको थापाले बताउनुभयो ।

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.