• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलामा पहिरोले पाँच परिवार विस्थापित

धनगढी,२ भदौ । दार्चुलाको व्यास गाउँपालिका–२ राप्लामा पहिरोले दुई घरमा क्षती भएको छ। आइतबार राती वर्षासँगै खसेको पहिरोले राप्लाको गोतपानीका कालु राम कामी र मानमती कामीको घर उच्च जोखिममा परेको हो ।

दुबै परिवारको घर मुनीबाट पहिरो खसेपछि घरका भित्ताहरु चर्किएका छन् । पहिरोले विस्तापित परिवारलाई स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा सोही वडामा रहेको मिलन केन्द्रमा स्थानान्तरण गरिएको व्यास गाँउपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले बताउनुभयो ।

दार्चुलामा लगातार परेको वर्षाका कारण खसेको पहिरोले घर भत्किएर पाँच परिवार विस्थापित भएका छन् । वर्षाको समयमा घर भत्किएपछि पीडितको दैनिक जीवन नै अस्तव्यस्त बनेको छ । गत बिहिबार शैल्यशिखर नगरपालिका–८ सिमखेत ९मट्यौला० का तोयराज जोशीको गत वैशाखमा मात्रै बनाएको दुई तले चार कोठाको पक्की घर भत्किएको छ ।

ूनयाँ घर बनाउँदा लागेको ऋण कसरी तिर्ने चिन्ता लागेको बेला घर नै भत्कियोू, जोशीले दुखेसो पोख्नुभयो, ूभएभरको सम्पत्ती लगाएर बनाएको नयाँ घर भत्किएपछि अहिले परिवारसहित छिमेकीको घरमा बसेको छौं ।ू यस्तै लेकम गाउँपालिका–५ मैखोली बोया बस्ने नवराज जोशीको घरमाथिबाट खसेको पहिरोले जोखिम भएपछि छिमेकी देवीदत्त जोशीको घरमा अस्थायी बास बसिरहनुभएको छ। परिवारका सदस्य र गाईबस्तु छिमेकीको घरमा राखेको उहाँले बताउनुभयो । यस्तै मालिकार्जुन गाउँपालिका–७ पन्तपाली खोज्यागैरका गंगासिंह धामीको तीन तले ढुंगाको घर भत्किएको छ ।

ूघर भत्किएका तथा विस्थापित भएका परिवार अहिले राहत र पुनर्निर्माणको आशामा छन्,ू पीडित तोयराज जोशीले भन्नुभयो, ूअब सरकार र सहयोगी हातहरुले सहयोग नगरे हाम्रो जीवन अघि बढाउन गाह्रो छ । छिट्टै राहत र सुरक्षित बासको व्यवस्था गरिदिन उहाँहरुको अपिल छ ।ू

दार्चुलाका कच्ची सडकहरू वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएपछि धेरै ग्रामिण सडकमा आवागमन ठप्पजस्तै भएको छ। वर्षासँगै लेदोसहितको पहिरो खस्दा आइतबार रातिदेखि बन्द रहेको महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड सञ्चालनमा आएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को सिमानामा पर्ने रनेबाँस क्षेत्रमा सडक सफा गरेपछि यातायातका साधनहरु सुचारु भएको तर फेरी पहिरो खस्ने जोखिम कायमै रहेको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज नरेन्द्र सिंह धामीले बताउनुभयो ।

केही दिन पहिलेको अत्यधिक वर्षाका कारण व्यास गाउँपालिका–१ तिंकर खोलामा बाढी आएपछि छाङरु र टिंकर गाउँ जोड्ने बाटो र काठे पुल बगाएको सशस्त्र प्रहरी बल नम्बर ४४ गणका डीएसपी लिलीबहादुर चन्दले बताउनुभयो । छाङरु र टिंकर जोड्ने ३(४ सय मिटर बाटो बगाउँदा तिंकर गाउँसित सम्बन्ध विच्छेद भएको स्थानीयले बताएका छन् । दार्चुलाका नौँ वटै स्थानीय तहका दर्जनौँ गाउँहरुमा बाढी, पहिरोको उच्च जोखिम रहेको छ ।

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.