• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बेपत्ता छोराको पर्खाइमा सय वर्षीय आमा

धनगढी,२ भदौ । जीवनको उत्तरार्धमा पुग्दा पनि एक आमाको आँखा अझै बाटोमा नै अडिएको छ । उमेरले सय नाघिसक्दा पनि बझाङको जयपृथ्वी नगरपालिका–७, सुवेडाकी भुजीदेवी जैसी छोराको पर्खाइमै दिन काटिरहनुभएको छ ।

तीन दशकभन्दा बढी समय बितिसक्दा पनि उहाँको मनमा एक मात्र चाहना बाँकी छ, मर्नुअघि छोरा गणेशराज जोशीको अनुहार देख्न पाउँ । २०५० माघ महिनाको कुरा हो । आफ्नी भान्जीको उपचारका लागि भारत गएका गणेशराज जोशी नयाँ दिल्लीको तिलक नगरबाट बेपत्ता हुनुभएको थियो ।

सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेर कक्षा ११ मा पढ्दै गरेका, उमेरले ३२ वर्षका गणेशराज जीवनको नयाँ यात्रामा हुनुहुन्थ्यो तर त्यो यात्रा अचानक मोडियो । छोरालाई खोज्दै भुजीदेवी पटक पटक आफैँ भारत पग्नुभयो । दिल्लीका गल्लीहरूमा छोरा भेटिन्छ कि भन्ने आशा बोकेर उहाँले प्रहरीसमेतको सहयोग माग्नुभयो तर छोराको कुनै पत्तो लागेन ।

छोरालाई कसैले कतै बन्धक बनाएका होलान् वा आफैँ भारतमै बसिरहेका होलान् भनी भुजीदेवीलाई मनमा लागेको छ । आमा भुजीदेवी भन्नुहुन्छ, “मेरा छोरा घर फर्कन्छन् ।” सुवेडास्थित बेलरुख भन्ने ठाउँमा बस्ने भुजीदेवी छोरी दुर्गादेवी जोशी र नातिनातिनीको सहारामा जीवन काटिरहनुभएको छ ।

समयले धेरै कुरा परिवर्तन गरिसकेको छ । गणेशराज हराएको ३२ वर्ष भइसकेको छ । देशमा राजनीतिक परिवर्तन भयो । पुस्ता बदलियो । समाज आधुनिक बन्यो तर भुजीदेवीको मन भने यतिबेला पनि छोराको बाटो पर्खाइमा छ । उहाँको जीवनको एउटा मात्र ध्येय छ, छोरालाई फर्केको देख्ने अथवा कम्तीमा पनि अन्तिम पटक छोराको अनुहार हेर्ने ।

भुजीदेवीको कथा केवल व्यक्तिगत पीडा मात्र होइन, यो आमाको अमर माया र पर्खाइको प्रतीक हो । सन्तानप्रतिको माया उमेर, दुरी वा परिस्थितिले कमजोर पार्दैन भन्ने यसले देखाउँछ ।

गाउँका धामी झाँक्रीदेखि लिएर पण्डित, ज्योतिषी र जान्नेमान्ने मानिससम्म सबैसँग उहाँले सोधपुछ गर्नुभयो तर सबैले एउटै कुरा भने– ‘तपाईंको छोरा जिउँदै छ, कहिल्यै न कहिल्यै घर अवश्य फर्कन्छ ।’ त्यही आसमा भुजीदेवी छोराको प्रतीक्षामा हुनुहुन्छ ।

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.