• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा प्रदेश सांसद र कर्मचारी सहभागी सार्वजनिक सुनुवाइ स्थानीयले गरे बहिष्कार

धनगढी । कैलालीमा प्रदेश सभाकाे अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयाेजना गरेकाे सार्वजनिक सुनवाइ स्थानीयले बहिष्कार गरेका छन् ।

कैलारी गाउँपालिका-५ काे बैजपुरमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गुर्गी सिँचाइ आयाेजना पुन:निर्माण ढिलाइ सम्बन्धि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजना गरेको थियो ।

समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा गुर्गी सिँचाइ आयाेजना निर्माणका लागि वर्षेनी बजेट विनियोजन हुने तर निर्माण नहुने गरेकाे भन्दै स्थानीयले आक्राेश व्यक्त गरेका थिए ।

भाैतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमप्रसाद भट्ट, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडी कर्मचारीसँग स्थानीय तत्कालीन सचिव सुरत बम र सिँचाइ डिभिजनका प्रमुख डम्बर धितालले याेजनाका नाममा भ्रष्टाचार गरेकोले उनीहरूसँगै कुरा गर्न दिनुपर्ने माग गरे ।

सांसदहरूसँग कुनै गुनासाे नरहेकाे बताउने स्थानीय रेवन्त बाेहराले कर्मचारीले आर्थिक अनियमितता गर्न हरेक वर्ष बजेट छुट्याउने, डीपीआरका नाममा भ्रष्टाचार गरेकाले उनीहरूमाथि छानवीन गरेर कारवाही हुनुपर्ने माग गरेपछि कार्यक्रममा हाेहल्ला सुरू भएको थियो ।

हाेहल्लाबीच जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विनाडी बाेल्ने क्रममा स्थानीय कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।

५० काे दशकमा कैलारी गाउँपालिका-५ मा निर्माण भएको गुर्गी सिँचाइ आयाेजनाकाे मूल नहरकाे बाँध भत्किएको थियाे । संघीय सरकारले त्यसपछि पुन:निर्माणकाे नाममा २०६४ सालपछि बर्सेनि बजेट विनियोजन गर्दै आएकाे थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले समेत गर्गी सिँचाइ आयाेजनाका नाममा बजेट छुट्याउने गरेकाे थियाे । सरकारले हरेक वर्ष बजेट छुट्याएपनि याेजना पुन:निर्माण नहुँदा स्थानीयमा ठूलाे आक्रोश रहेकाे छ ।

स्थानीयले सार्वजनिक सुनवाइ कार्यक्रम बहिष्कार गरेपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चाैधरीले स्थानीयकाे कुरा सुन्ने उदेश्य आएकाे बताउँदै बहिष्कार गर्नु राम्रो नभएको बताए ।

उनले वर्षाैंदेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयाेजना पुननिर्माणका लागि समितिमा थप छलफल गरेर सरकारलाई निर्देशन दिइने बताए ।

स्थानीयले बहिष्कार गरेकाे कार्यक्रममा समितिका सदस्य समेत रहेकाे माओवादी केन्द्रका संसदीय दल नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्र बहादुर मल्ल, कांग्रेस सांसद ललिता सुनार, माओवादीका शिवसिंह ओली र स्वतन्त्र सांसद डा. ताराप्रसाद जाेशीकाे सहभागी थिए । तर स्थानीयले बहिष्कार गरेपछि उनीहरू बाेल्न नपाउदै फर्किएका छन् ।

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.