• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीको गोदावरीमा शीतभण्डार निर्माण

कैलाली– गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको छ । उक्त शीतभण्डारको निर्माणको काम सम्पन्न भइसकेकाले यही तिहारअगावै कृषि बजार व्यवस्थापन समिति अत्तरियालाई हस्तान्तरण गर्ने तयारी भएको कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले भ्याटसहित एक करोड १६ लाख ७७ हजार ९६३ रुपैयाँ रकम विनियोजन गरेको थियो ।

निर्माण सम्पन्नका लागि २०७८ जेठ २० गते अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासँग भ्याटसहित ९२ लाख ४२ हजार १६६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण सम्पन्न हुँदासम्म ९१ लाख १६ हजार ४२५ रुपैयाँ यथार्थ खर्च भएको उनले बताए । शीतभण्डारको क्षमता ३५० मेट्रिकटन (तीन हजार पाँच सय) क्विन्टल रहेको छ ।

‘सम्झौताअनुसार २०८१ असार २२ गते शीतभण्डार निर्माणको काम सम्पन्न भइसकेको थियो, हाम्रोतर्फबाट सञ्चालनका लागि पूर्ण रुपमा तयार भइसकेको छ, कुनै रोकतोक छ जस्तो लाग्दैन, गत वर्ष नै हस्तान्तरण गरेर सञ्चालन होस् भन्ने हाम्रो चाहना थियो’, उनले भने, ‘तर बजार व्यवस्थापन समितिबाट शीतभण्डारमा केही कमीकमजोरी भनेर भनिसकेपछि, छिटफुटका थप काम पूरा गरेर जसरी भए पनि यसपाली सुरु गर्नुपर्दछ भन्ने योजना रहेको छ ।’

छिटफुटका केही थप कामका लागि चालु आवमा नौ लाख रुपैयाँ थप बजेट छुट्याइएको उनले बताए । उनले भने, ‘पहिलो कुरा त बजार व्यवस्थापन समिति नै सक्रिय हुनुपर्‍यो, हामीले केही छुटफुटका काम भए फेरि पनि सहयोग गरिदिन्छौँ, मुख्य जिम्मेवारी उहाँहरुकै हो ।’

शीतभण्डार निर्माणका क्रममा कोरोना सङ्क्रमण, प्रदेश सरकारबाट बजेट छुट्याउनमा ढिलाइ, ठेकेदारका कारण निर्माण सम्पन्नतामा केही ढिलाइ भएको महानिर्देशक शर्माले बताए । यसपाली जसरी पनि सञ्चालन गर्नुपर्दछ भन्ने हामी सबैको चासो रहेको उनको भनाइ छ ।

शीतभण्डार समयमै सञ्चालनमा आएको भए यहाँ आयातित विषादीयुक्त कृषिजन्य वस्तु रोक्न सहज हुने कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले बताए ।

‘शीतभण्डार सञ्चालन नआएका कारण धेरै जस्तो किसानका कृषिजन्य वस्तु रोकावट गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘त्यो भनेको कृषिजन्य वस्तुमा अर्गानोफोस्फेट र कार्बोनेटको मात्रा ३५ देखि ४५ प्रतिशत हुन्छ, जुन खानयोग्य हुँदैन, त्यसैले त्यसलाई रोक्नुपर्ने हुन्छ, त्यसलाई रोक्न हामीसँग कुनै पनि स्टोरको व्यवस्था छैन, कानुनी हिसाबले त्यसलाई बजारमा बिक्री गर्न सकेनौँ, न किसानलाई सुरक्षित राख्न सकियो, न नष्ट गर्ने अधिकार नै भयो, त्यस्तो भएपछि हामी समस्यामा छौँ ।’

उनले शीतभण्डार समयमै सञ्चालनमा नआएकाले किसानमा एक प्रकारको निराशा छाएको बताए । किसानको समस्या समाधानका लागि चाँडोभन्दा चाँडो यसलाई सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.