१२ साउन / अहिलेको नयाँ पुस्ता हुड्को बजाउने कला तर्फ आकर्षित नभए पछि दमाईं हुड्के जातिको पुर्ख्यौली कला अहिले संकटमा परेको हो।
हुड्को बजाएर नचाउने खालको हुड्कोको बाजा बजाउदै गलामा मिठास स्वर निकाल्दै राजा रजौटाका पालाका घटना देवी देवताका कथा समावेश गरि मिठो स्वरमा गाउने गरिन्छ ।
कसैलाई त रुवाउछ पनि कसैलाई हसाउँछ पनि । बायाँ काँधमा हुड्के भिरेर दायाँ हातले बजाउदै खुट्टाको चाल मिलाउदै हुड्केली गाउदै अरुलाई भावुक बनाउने कला भएको परियार हुड्केहरु अहिले वैकल्पिक कलाको खोजीमा छन ।
हुड्के बोकि गाउँ घर छरछिमेकमा विवाह बन्धन जस्ता, बिभिन्न चाडपर्व जस्ता ठाउँमा सामाजिक हिंसा भोग्नु पर्ने भएपछि यहाँका हुड्के परियार जातिका युवाले आफ्नो पुर्ख्यौली कला छाड्न बाध्य भएको अनुभवले पनि आफ्नो पुर्ख्यौली बाजा लोप हुँदै गएको चिन्ता एकातिर बढिरहेको छ।
हुड्को बजाएर लुगा सिलाएर सामान्य घर खर्च समेत चलाउन नसक्ने भएपछि यो कला लोप हुने अवस्थामा पुगेको हो ।
संगीत क्षेत्रमा पनि आधुनिक र पश्चिमी प्रविधिको बढदो प्रभावका कारण हुड्को बजाउने कला संकटमा परेको एउटा तितो यथार्थ हो।
अछाम जिल्ला चौरपाटि गाउँपालिका -५ लुङ्ग्रा मा बसोबास गर्दै आएका स्थायी बासि जोगी परियार भन्छन । सबैको मनछुने अनेकौ भारत गाउने ७५बर्षिय जोगी अहिले समुदायमा कला भएका मान्छेले हुड्को बजाउन छाडेकोमा निकै दुखित छन ।
हुड्के बनाउन र बजाउन सिकाउने पुरानो संस्कृति नयाँ पुस्ताले नअँगालेकामा उनि चिन्तित छन । पुर्ख्यौली कला अँगाल्दा सामाजिक सम्मान नपाईने डरले युवा पुस्ताको आकर्षण हुड्को बजाउने कला तर्फ नभएको परियार बंशका जेठा रजवार जोगी परियारको अनुभव छ।
यहाँका युवा ब्यापार ब्यवसाय बैदेशिक आदि अँगाल्दै आएको बताए। कला र गला भएर पनि त्यसको उचित कदर नभएछि उनिहरुले यो कला छाडेका हुन हुड्केली कलालाई जोगाउन यसलाई आधुनिकीकरण गरि संरक्षण गर्नु र हुड्के हरुको कला सुनिश्चित गराउनु सबै को दायित्व हो।
हाम्रो परापूर्व इतिहास र कला संस्कृतिसँग जोडिएको हुड्के बाजा संरक्षण गर्नु आज सबैको कर्तव्य बन्न गएको देखिन्छ।
✍️ लेखक :- समीर परियार (उनी नव गायक पनि हुन्।)
