• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मृत जन्मको चुनौती : डडेल्धुरा अस्पतालमा २२ शिशुको गर्भमै मृत्यु

 धनगढी,४ असार । मृत जन्मको चुनौती कायमै रहेको छ । यस वर्षको वैशाख महिनासम्म डडेल्धुरा अस्पतालमा डेलीभरी हुन पुगेकाहरु मध्ये २२ शिशु मृत जन्मिएका छन् । गत वर्षकोभन्दा यो सङ्ख्या कम भए पनि मृत जन्मदरको चुनौती कायमै रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा जन्मेकाहरु मध्ये २४ शिशु मृत जन्मिएका थिए । यो वर्ष दुई हजार १५८ शिशुको जन्म डडेल्धुरा अस्पतालमा भएको थियो । मृत जन्मदरको सङ्ख्या आर्थिक वर्ष २०८०/८१ मा बढेर ३८ पुगेको थियो । यो वर्ष एक हजार ८८१ शिशुको जन्म अस्पतालमा भएको थियो । चालुआर्थिक वर्षको वैशाख महिनासम्म एक हजार ६२८ शिशुले डडेल्धुरा अस्पतालमा जन्म लिएका छन् । यस वर्षका दुई महिना बाँकी रहेकाले मृत जन्मदरको सङ्ख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर साउदले बताउनुभयो ।

उहाँका अनुसार मृत जन्मदरको चुनौती देशैभर छ । अस्वास्थ्यकर खानपिन, समयमै चेकजाँच नहुनु मृत जन्मदरको मुख्य चुनौती रहेको छ । प्लासेन्टको मुख्य चुनौती रहेको उहाँको भनाइ छ । प्लासेन्टबाट बच्चाले अक्सिजन पाउने हो । उहाँले भन्नुभयो, ‘‘बच्चा जन्मिनुभन्दा पहिले नै पाठेघरको भित्ताबाट प्लासेन्ट छुट्टिक्रम चाँडो सुरु हुन्छ र बच्चाले अक्सिजन पाउदैन । एउटा कारण यो हो ।’’

महिलाहरु लाई हुने विभिन्न संक्रमणका करण पनि मृत जन्म हुने उहाँको भनाइ छ । कतिपयमा जन्मजातका विकृतिहरु हुने हुन्छन । उहाँले भन्नुभयो, ‘‘मुटु, मष्तिस्कलगायतका भागहरु राम्रोसँग विकसित भएका हुँदैनन् । यस्तो अवस्था भयो भने जन्मिने क्रममा वा गर्भ रहेको २० हप्ता पछाडि बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’’

प्लासेन्ट र बच्चाको नाभिमा जोडिएको कम्व्लिकलकर्ड भन्ने एउटा पाईप हुन्छ । कहिलेकहीँ त्यो पाईप बच्चाको घाँटीमा बेरिने सम्भावना हुने र बच्चालाई सप्लाइ हुने अक्सिजन नपुगेपछि पनि बच्चाको मृत्यु हुने उहाँले बताउनुभयो । धेरै कारणहरु हुन्छन । उहाँले भन्नुभयो, ‘‘३०–५० प्रतिशत थाहा नै नभइ मृत्यु भएको भन्ने छ ।’’

गर्भवती आमाको स्वास्थ्यका हिसाबले पनि बच्चाको मृत्यु हुने उहाँले बताउनुभयो । आमामा उच्च रक्तचाप, सुगर, थाईराइडलगायतका विभिन्न रोगको सङ्क्रमण छ भने पनि बच्चाको मृत्यु हुनसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । कतिपय आमाहरुले मद्यपान, धुम्रपान गर्ने लगायत वातावरण प्रदूषण र घरबाट निस्कने धुवालेसमेत पेटभित्रै बच्चाको मृत्यु हुन सक्ने उहाँको भनाइ छ ।

समयमै पहिचान गर्नसक्यो भने मृत जन्मदर रोक्न सकिने उहाँले बताउनुभयो । आमाको स्वास्थ्य कस्तो छ ? बच्चाको स्वास्थ्य उमेर अनुसार वृद्धिविकास भएको छ वा छैन भनेर अल्ट्रासाउण्ड गरिनुपर्दछ । उहाँले भन्नुभयो, ‘‘आठ पटक स्वास्थ्य जाँच गराउनु पर्दछ । ग्रामिणभेगमा पनि रुलर अल्ट्रासाउण्ड गरिन्छ । एएनसी जाँच भन्ने हुन्छ । अल्ट्रासाउण्ड गर्दा कस्तो ठाउँमा डेलीभरी गराउने भन्ने जानकारी हुने भएकाले मृत जन्मदर कम गर्न सकिने उहाँले बताउनुभयो ।’’

बुधबार, असार ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.