धनगढी,१२ बैशाख । कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्। टीकापुर नगरपालिका(९ खक्रौला चेक पोष्टबाट जानकी गाउँपालिका-९ खैरिफाँटा बस्ने १८ वर्षीय किशोरलाई ५ ग्राम ३२० मिलिग्राम लागूऔषध -खैरो हेरोइन)सहित प्रहरीले पक्राउ गरेको छ। किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।