• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत

नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताएका छन् । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि सम्पर्कविहीन अवस्था छ ।

नेपालका लागि इजरायली राजदूत बासले हमास घटनामा मारिएका सुदूरपश्चिम प्रदेशका आठ परिवारलाई भेटेर सहानुभूति दिन यहाँ आएको बताए । आतङ्ककारीको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश विष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उनले दुःख व्यक्त गरे।

दूतावासका अनुसार इजरायली सरकारले मारिएका नेपाली विद्यार्थीका परिवारका लागि इजरायली नागरिकका परिवारले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । इजरायली नागरिकले अहिले पनि विपिन जोशीको तस्बिरसहित सुरक्षित फिर्ताका लागि प्रदर्शन गरिरहेका उनले बताए । इजरायली जनता विपिन जोशीलाई राम्ररी चिनेको भन्दै उहाँले उहाँको फिर्ताका लागि इजरायली सरकारले प्रयत्नरत गरिरहेको उनले बताए ।

राजदूत बासले विपिनको मुक्तिका लागि इजरायली सरकारलाई छिटो सुरक्षित मुक्तिका पहल गर्न आग्रह गरेको बताए । इजरायली सरकारले हमासमाथि सैन्य दबाब पनि जारी राखेको उल्लेख गर्दै उहाँले बन्धकलाई रिहा गर्न बाध्य हुने विश्वास व्यक्त गरे । हामीलाई ५९ बन्धकमध्ये २४ जना जीवितै छन् भन्ने विश्वास भएको बताउँदै उनले बन्धक रहेकालाई सुरक्षित आफ्नो देश फिर्ता पठाउन पहल भइरहेको बताए ।

बन्धक बनाएका विपिनका परिवारले नेपालका लागि इजरायली राजदूत बासलाई सुरक्षित नेपाल आउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । इजरायलले युद्ध वा आतङ्कवादी आक्रमणमा आफन्त गुमाउने अन्य परिवारले पनि इजरायली नागरिक सरह नै समान सहायता र सहयोग दिँदै आएको बताए । उहाँले बन्धक बनाइएका विपिन जोशीको परिवारलाई पनि कानुन अनुसार पाउने सबै सहयोग उपलब्ध गरिरहेको बताए ।

उनले इजरायल सुरक्षित रहेको बताउँदै पर्यटक र विदेशी कामदार ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत फिलिपिन्स, थाइल्यान्ड, नेपाल र मलावीलगायतका विद्यार्थी कृषि प्रविधि सिक्न इजरायल आउने गरेको बताए तर दुर्भाग्यवश हामी आतङ्कवादको समस्याले पीडित छौँ, तर आतङ्कवाद अहिले नभए पनि केही महिनामा समाप्त हुन्छ, उनले भने, “हामी नेपाली कृषि कामदारका लागि इजरायलमा काम गर्ने अवसर प्रदान गर्न श्रम सम्झौताको मसौदामा काम गरिरहेका छौँ ।” काठमाडौँ उपत्यकाबाहिर सुदूरपश्चिम भ्रमण पहिलो प्रदेश रहेको बताउँदै उनले यहाँका दृश्य धेरै सुन्दर र मनमोहक रहेको समेत बताए । यहाँ प्राकृतिक परिवेश अतुलनीय र धेरै पहाड, उपत्यका, नदीनाला, वनजङ्गलले भरिएको प्रदेश रहेको बताए ।

सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.