धनगढी, १४ बैशाख/हालै सम्पन्न भएको बह्रवन साझेदारी वन उपभोक्ता समितिमा उमेदबारको चुनावी खर्च बिवरण सार्बजनिक गरेका छन् । डण्डीराज सुबेदी अध्यक्ष नेतृवको प्यानलले आफ्नो निर्वाचनमा भएको चुवानी खर्च सार्बजनिक गरेका छन् । बैशाख ११ गते नयाँ कार्यसमितिका लागि मतदान भएको थियो । नयाँ नेतृत्वका लागि तिन समुह निर्वाचनमा होमिएको थियो । बिरबहादुर चोखाल, डण्डीराज सुबेदी र टेकबहादुर बुढा सहित तिन जना अध्यक्षमा उमेदबार भएका थिए ।
अध्यक्षका उमेदबार सुबेदीको प्यानलको निर्वाचनमा ५८ हजार दुई सय ७५ रुपैया रकम खर्च भएको बिवरण सार्बजनिक गरेको हो । नोमिनेशनमा १४ हजार, घरदैलो गर्दाको खाना खाजा खर्चमा ११ हजार पाँच सय ७५, प्रचारप्रशार मसलन्द छपाई खर्चमा १० हजार पाँच सय, सञ्चार दुई हजार पाँच सय, इन्धन र यातायात खर्च ७५ सय, निर्वाचनमा स्वयम सेवक खाचा खर्च १० हजार दुई सय र प्रचार फोटो तयारीका लागि दुई हजार खर्च गरेको अध्यक्षका उमेदबार डण्डीराज सुबेदीले जानकारी दिएका छन् । सुबेदीको प्यानलबाट गौरी लामा मात्रै जितेको उनले बताएका छन् ।
अध्यक्षका उमेदबार सुबेदी प्यानलको यस्तो छ चुनावि खर्च बिवरण
