धनगढी, १४ बैशाख / नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु चढेको गाडी दुर्घटनामा परेको छ । परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी शाह सहित छ जना घाईते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ । शाह चढेको गाडी बससंग ठोकिएको बताईएको छ ।
दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताईएको छ ।