धनगढी, १४ वैशाख / कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिवार रुखबाट खसेर मृत्यु भएको हो ।
लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।